Comments Add Comment

‘लिला’ नचल्दा मलिना र संचितालाइ कती घाटा ?


शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘लिला’ले बक्स अफिसमा कुनै लिला देखाउन सकेन । मलिना जोशी, संचिता लुइटेल जस्ता नायिकाको उपस्थितीले पनि बक्स अफिसमा कुनै चमत्कार गरेन ।

चलचित्र निर्माण गरेर मात्र हुँदैन, प्रचारमा विभिन्न शैली अपनाइएन भने सफल हुन सकिदैन भन्ने उदाहरण बन्यो, ‘लिला’ । यो चलचित्र बक्स अफिसमा असफल हुँदा यसका मुख्य २ कलाकार मलिना जोशी र संचिता लुइटेललाइ घाटा होला कि नहोला ?

मलिनाले चलचित्र करिअरमा आजसम्म कुनै पनि सफल चलचित्र दिएकी छैनन् । पूर्व मिस नेपालको चलचित्र यात्रा सुखद बनेको छैन । यसैले, ‘लिला’ उनको असफल चलचित्रको सूचीमा थपिएको छ । यता, नायिका संचिता लुइटेल पनि चलचित्रमा खासै व्यस्त छैनन् । फाट्टफुट्ट अफर आएका चलचित्रमा काम गर्नु बाहेक संचिताले त्यस्तो चमत्कार गर्न नसकेको पक्का हो ।

दुबै नायिकाले चलचित्र प्रचारमा खासै साथ दिएका थिएनन् । मलिनाका लागि कात्तिक २ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रानी’को बक्स अफिस महत्वपूर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment