Comments Add Comment

प्रदेश नम्बर ६ मा लागुऔषध कारोबार प्रमुख चुनौती


१ असोज, सुर्खेत । प्रदेश नम्बर ६ मा लागुऔषध प्रमुख चुनौतिका रुपमा रहेको पाइएको छ ।

आगु औषधका कारण नै आत्महत्या, महिला र बालबालिकामाथी हुने अपराध बढेको पाइएको हो ।

प्रदेश प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक (एआइजी) रणबहादुर चन्दले यस्तो जानकारी दिएका हुन् ।

६ न प्रदेशको प्रमुख चुनौतीका रुपमा लागु औषध कारोबार रहेको उनको भनाइ छ । आगु औषधकै कारण सवारी दुर्घटना बढ्दै गएको चन्दले वताए ।

लागु औषधका बारेमा बालबालिकाहरुसंगसँगै अभिभावकहरुलाई समेत जानकारी गराउन आवश्यक रहेकोमा उनको जोड छ ।

बालबालिकाहरु दुरव्र्यशनमा फसे नफसेको बारेमा अभिभावकले बढि ध्यान दिनु पर्नेमा चन्दले सचेत गराए ।

आत्महत्याको कारण पनि आगुऔषध

यही कारण नै कर्तव्य ज्यान, विष सेवन तथा आत्महत्या गर्ने सख्या बढदो क्रममा रहेको उनले बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा कर्तव्य ज्यान, भवितव्य ज्यान, विष सेवन तथा झुन्डी आत्महत्या गर्नेको सख्या ५ सय २५ रहेको छ ।

त्यस्तै आ.व. २०७३/०७४ मा ५ सय ३ र चालु आर्थिक वर्षको दुइर्ं महिनाको अवधिमा ५८ जना रहेका छन । आत्महत्या गर्नेहरुमा अविवाहित भन्दा विवाहितको संख्या बढी रहेको चन्दले जानकारी दिए ।

गाउँ भन्दा शहरी क्षेत्रमा उच्च जोखिम

लागुऔषधको प्रयोग र ओसार पसार गाउँमा भन्दा शहरी क्षेत्रमा वढी रहेको एआइजी चन्दले वताए ।

हिमाली र पहाडी जिल्लामा भन्दा मध्य र शहरी जिल्लाहरुमा यस प्रकारको समस्या उच्च रहेको उनले जानकारी दिए ।

६ नम्बर प्रदेशका १० वटै जिल्लामा सबैभन्दा बढि लागुऔषधको चुनौती देखियो एआइजी चन्दले भने, त्यसमा पनि बढि मात्रामा तराइसँग सिमाना जोडिएका जिल्लाहरुमा यस्तो समस्या उच्च छ । लागुऔध नियन्त्रण गर्न प्रहरीलाई नागरिकहरुले साथ जरुरी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment