Comments Add Comment

कृतीले नवाजुद्दिनसँग फिल्म खेल्न मानिनन्


बलिउड नायिका कृती सेननले एक चलचित्रमा काम गर्न अस्विकार गरेपछि अहिले भारतीय मिडिया तातेको छ । चर्चित निर्देशक विशाल भारद्धाजको प्रोडक्शन कम्पनीबाट निर्माण हुन लागेको नयाँ चलचित्रमा कृति सेनन र कलाकार नवाजुद्दिन सिद्धिकीको जोडी पर्दामा देखिन लागेको खबर केही समय अगाडि सार्वजनिक भएको थियो ।

तर, अब कृतिले यो चलचित्रबाट हात झिकेकी छिन् । आदित्य निवालकरले यो चलचित्रको निर्देशन गर्दैछन् । कृतिले यो चलचित्र छाड्नुको मुख्यकारण यसको कथावस्तु रहेको बताइएको छ ।

बलिउड हंगामाका अनुसार, यो एक कमेडी लभस्टोरी चलचित्र हो । दक्षिण भारतको एक स्कुलको कथा यसमा तयार पारिएको छ । कृतिले यो चलचित्रमा उनका लागि दिइएको भूमिका निर्वाहा गर्न डराएपछि चलचित्र छाडेकी हुन् । उनले, अहिले नै आफू यो स्तरको भूमिकामा काम गर्न नसक्ने भन्दै निर्माणपक्षलाइ अर्की नायिका खोज्न आग्रह गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment