Comments Add Comment

काठमाडौं विश्वविद्यालयमा चर्को मेडिकल शिक्षा शुल्क, खारेज गर्न क्रान्तिकारीको माग

१ असोज, काठमाडौं । सरकारले जारी गरेको मेडिकल शिक्षा शुल्क सम्वन्धी निर्देशनलाई काठमाडौं विश्वविद्यालयले ठाडो उल्लंघन गरेको छ । अखिल क्रान्तिकारीले चर्को शुल्क खारेज नगरे संघर्षमा उत्रिने चेतावनी दिएको छ ।

क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङका अनुसार काठमाडौं विश्वविद्यालयले एमवीवीएसतर्फ काठमाडौं उपत्यकामा ४३ लाख ९० हजार रुपैयाँभन्दा बढी शुल्क तोकेको छ । जबकी सरकारले तोकेको अधिकतम शुल्क ३८ लाख ५० हजार रुपैयाँ हो । त्यसैगरी उपत्यका बाहिर ४२ लाख ४५ हजारभन्दा बढी लिन पाइँदैन । तर काठमाडौं विश्वविद्यालयले उपत्यका बाहिर ४९ लाख ९० हजार शुल्क तोकेको छ ।

त्यसैगरी विडिएस तर्फ १९ लाख ३२ हजार छ सय १२ रुपैयाँ भन्दा बढी लिन नपाइनेमा त्यसलाई अवज्ञा गरी २२ लाख शुल्क तोकिएको छ । यस बाहेक पनि रजिस्ट्रेसन, परीक्षा, सम्वन्धन, इन्टर्नसिप आदि विभिन्न उपशिर्षक खडा गरी थप मोटो रकम असुल्न खोजेको भन्दै अखिल क्रान्तिकारीले आपत्ती जनाएको छ ।

अध्यक्ष तामाङले आइतबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘विद्यार्थी र अविभावकको ढाड सेक्ने गरी सरकारको नीति र निर्णयको समेत हुर्मत लिनेगरी भएको शुल्कवृद्धिको निर्णय अविलम्ब खारेज गरेर मात्र भर्ना प्रक्रिया अघि बढाउन जोडदार माग गर्दछौं ।’

यसलाई तत्काल खारेज नगरिए कडा संघर्षमा उत्रन वाध्य हुने क्रान्तिकारीले चेतावनी दिएको छ । त्यसैगरी सरकारले निर्धारण गरेको किस्ता प्रणाली र मेरिट लिस्ट कडाइपूर्वक पालना गर्न समेत अखिल क्रान्तिकारीले माग गरेको छ ।

हेर्नुहोस् काठमाडौं विश्वविद्यालयले तोकेको मेडिकल शिक्षा शुल्क 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment