Comments Add Comment

भैरहवामा टाटाको शो रुम संचालनमा

१ असोज, भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवामा टाटा कम्पनीको शो रुम संचालनमा आएको छ । भारतमा निर्मित टाटा कम्पनीका गाडीहरुको बुद्धम अटोमार्टले संचालनमा ल्याएको हो ।

चार जना युवा व्यवसायीहरुले सञ्चालनमा ल्याएको अटोमार्टले भैरहवाबाट टाटा कम्पनीका सम्पूर्ण साना प्यासेन्जर गाडीहरुको (कार) बिक्री हुने अटोमार्टका प्रबन्ध निर्देशक अभिनव मयुर कशौधनले बताए ।

शो रुम संचालनमा आएकै दिनमा ५ वटा गाडीको बुकिङ भइसकेको उनले बताए । टाटा कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता रहेको सिप्रदीका अन्य गाडीहरु रुपन्देहीबाट विक्री हुने गरेपनि साना पेसेन्जर गाडीहरुको पहिलो पटक विक्री सुरु भएको अटोमार्टका संचालक सुनिल सेन्चुरीले बताए ।

उनले शो–रुममा २० लाख रुपैयाँ देखि ६१.लाख रुपैयाँ सम्मका गाडीहरु रहेको तथा सिप्रदीले दिने छुट तथा सेवा–सुविधा बुद्धम अटोमार्टले प्रदान गर्ने बताए । उनका अनुसार अटोमार्टले टाटाको टिगोर, टियागो, सफारी स्ट्रोम, जेष्ठ, बोल्ट, टाटा सुमो लगायतका गाडी बिक्री गर्नेछ ।

आइतबार शो रुमको उदघाटन गर्दै सिप्रदी टे्रडिङ प्रालिका उपाध्यक्ष सौरभ राज थपलियाले सिप्रदी र टाटा मोटर्सले सहकार्य गरेको ३५ वर्ष भइसकेको बताउँदै सिप्रदी ट्रेडिङ नेपालकै दोस्रो ठुलो कम्पनी तथा धेरै कर तिर्ने कम्पनीको रुपमा रहेको बताए ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरी प्रसाद अधिकारीले निजी क्षेत्र अगाडी बढ्न नसके आर्थिक पाटाका कार्य ओझेलमा पर्ने बताए । उनले भैरहवामा मोटरसाइकल, टे्रक्टर र गाडीको शो रुम विस्तार हुन खुशीको विषय भएको बताए ।

टाटा मोटर्सका कन्ट्री म्यानेजर अजित नारायण सिंहले सिप्रदी टे«डिङको १२ प्रतिशत बजार शेयर रहेकोमा हाल १५ प्रतिशत पुगिसकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment