Comments Add Comment

इन्भेष्टर्स फोरमको अध्यक्षमा अम्बिका पौडेल


२ असोज, काठमाडौं । सेयर लगानीकर्ताहरुको संगठन नेपाल इन्भेष्टर्स फोरमको अध्यक्षमा अम्बिका पौडेल नियुक्त भएका छन् ।

डा. आत्मराम घिमिरेले भदौ २१ गते राजिनामा दिएपछि फोरमको बैठकले पौडेललाई बाँकी कार्यकालको लागि नियुक्त गरेको हो । यता, भदौ २६ गते उपाध्यक्ष पदबाट रण केशव प्रधानले पनि राजिनामा दिएपछि सो पदमा लगानीकर्ता छोटेलाल रौनियाललाई नियुक्त गरिएको छ ।

फोरमको कार्यकारिणी सदस्य पदमा अञ्जिव तुलाधर र अतितलाल श्रेष्ठलाई नियुक्त गरिएको छ ।  फोरमले नेप्सेमा छिटोभन्दा छिटो महाप्रबन्धकको नियुक्तिको लागि पनि जोडदार माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment