Comments Add Comment

सामसुङ ग्यालेक्सी नोट-८ नेपालमा, यस्ता छन् विशेषता र मूल्य

थप स्मार्ट एस-पेनसहित डुअल क्यामेरा

२ असोज, काठमाडौं । सामसुङले  ग्यालेक्सी नोट-८ लाई पहिलोपटक नेपालमा सार्वजनिक गरेको छ । आज काठमाडौंमा एक विशेष समारोहका बीच सामसुङ नेपालले ग्यलेक्सी नोट-८ सार्वजनिक गरेको हो ।

सामसुङ नेपालका प्रमुख प्रणयरत्न स्थापित र फेस अफ सामसुङ ज्योत्साना योगीले संयुक्त रुपमा ग्यालेक्सी नोट-८ सार्वजनिक गरे । कम्पनीले नो-८ सार्वजनिक गरेसँगै प्रि-बुकिङ पनि खुला गरेको छ ।

नोट-८ मा एस पेनको सहायताले अझै व्यक्तिगत तरिकाबाट सम्पर्क गर्न सकिन्छ । यसमा भएको डुअल क्यामेरा को साथ अप्टिकल इमेज स्टेबिलाइजेशन (ओआईएस)ले जस्तो सुकै अवस्थामा पनि जीवन्त एवम् सशक्त फोटो खिच्न सकिन्छ ।

नेपालका हजारौं ग्राहकहरुको मन जित्न सफल सामसुङ नोट सिरिजमा अत्यधिक सुरक्षा संयन्त्रको लागि सामसुङ नोक्स प्रविधि प्रयोग गरिएको छ । यसले ग्राहकलाई आजको अत्याधुनिक प्रविधिसँग जीवन्त राख्न विशेष सहयोग प्रदान गर्ने कम्पनीले जनाएको छ ।

ग्यालेक्सी नोट-८ मा इन्फिनिटी डिस्प्ले, सुधारिएको एस-पेन र ट्रु डुअल क्यामेरा छ । सामसङले आफ्ना ग्राहकहरुको चाहनालाई सदैव आत्मसाथ गर्दै उनीहरुको आवश्यकता एवम् चाहनालाई पूरा गरी सहजता प्रदान गर्दै आएको र यही सिलसिलामा बजारमा यो स्मार्ट फोन भित्र्याइएको सामसङ नेपालका प्रमुख स्थापितले उल्लेख गरे ।

गजबको डिस्प्ले

ग्यालेक्सी नोट-८ मा सहजै हातमा लिन सकिने ठूलो स्क्रीन छ । जुन ६.३ इन्च क्वाड एचडीसहित सुपर एमोलेड इन्फिनीटी डिस्प्लेयुक्त छ ।

त्यसैले यो अल्टिमेट मल्टीटास्किङ स्मार्टफोनमा थोरै स्क्रोल गरी धेरै देख्न, पढ्न र आफूलाई चाहिएको कुरा सहजै रुपमा पेनको सहायताले लेख्न सकिन्छ ।

साथै मल्टी विन्डो सुविधाबाट पनि अझ धेरै सुविधाहरु प्राप्त गर्न सकिने छ । एप पेयर सुविधा अर्थात दुईवटा एप्स एकै पटक चलाउन सकिने सुविधा पनि यसमा छ । ग्यालेक्सी नोट-८ मा भएको यस्तो सुविधाबाट भिडियो हेर्दै गरेको अवस्थामा पनि साथीलाई मेसेज वा फोन गर्न सहजै सकिन्छ ।

यसमा भएको एस-पेनले सहजै रुपमा लेख्न सकिन्छ । साथै फोनका सम्पूर्ण नयाँ नयाँ फिचरहरु सञ्चालन गर्न पनि सकिन्छ । साथीसँग कुराकानी गर्दा होस् वा अन्य एपहरु सञ्चालन गर्दा यस पेनले भिन्नै किसिमको अनुभव प्रदान गर्दछ ।

थप स्मार्ट नोट

फिंगर टिप, सुधारिएको सेन्सिभटीजस्ता विशेषता युक्त एसपेन ले प्रयोगकर्तालाई अन्य स्टाइलस स्मार्टफोनको तुलनामा वेग्लै अनुभव प्रदान गर्छ ।

जीआइफ सपोर्ट सुविधाले सन्देश आदान प्रदानमा जिवन्तता प्रदान गर्दछ । अल्वेज अन डिस्प्ले को सुविधाले गर्दा अनलक नगरी फोनमा भएका नोटिफिकेसनहरु हेर्न सकिन्छ र यो ग्यालेक्सी नोट-८ मा यो सुविधालाई अझ सुधारिएको छ ।

यसमामा भएको स्क्रियन अफ मेमोले १०० पानासम्मको मेमो अनलक नगरीकन टिप्न सकिन्छ । यसका अतिरिक्त सुधारिएको एस-पेनले ट्रान्सलेटर र कन्भर्टरको पनि विशेष काम गर्छ ।

यसबाट ७१ वटा भाषाहरु तुरुन्तै आफूलाई चाहिएको भाषामा रुपान्तरण गर्न सकिन्छ । र विदेशी मुद्राको विनिमिय दरलाई पनि रुपपान्तरण गर्न सकिन्छ ।

अविश्वसनीय क्यमेरा

सामसङले ग्यालेक्सी नोट-८ मा हालसम्मकै शक्तिशाली क्यामरा रहेको बताएको छ । १२ मेगा पिक्सलका दुई वटा क्यामरा लेन्स यसमा छन् ।

फोटो र भिडियोको लागि अप्टिकल इमेज स्टेलिाइजेशन (ओआईएस) प्रविधि रहेको हुँदा यसबाट वाइड एंगल र टेलिफोटो दुबै खिच्न सकिन्छ । मोबाइलको दुनियाँमा यस्तो फिचर पहिलो पटक ल्याइएको दावी कम्पनीको छ ।

ग्यालेक्सी नोट-८ को लाइभ फोस फिचरले उच्चस्तरीय फोटो खिच्न मद्धत गर्दछ । यसले फोटोको डेप्थ अफ फिल्डलाई नियन्त्रण गरी कुनै पनि फोटो लिनु अघि र पछि बोकइफेक्ट मिलाउन सकिन्छ ।

डुअल क्याप्चर मोड को माध्यमले एकै पटकमा क्लोजप फोटो र टेलिफोटो लिन सकिने फेस अफदि सामसुङ योगीले बताइन् ।


डुअल पिक्सल सेन्सर विद र्‍यापिड अटो फोकस सुविधायुक्त वाइड एंगल लेन्स ले कम उज्यालोको अवस्थामा पनि चुस्त र सफा फोटो लिन सकिन्छ । अगाडि रहेको स्मार्ट अटो फोकस क्यामराले अझै राम्रो सेल्फी र भिडियो च्याट गर्न सकिन्छ ।

ग्यालेक्सी नोट-८ र एसपेन दुबै पानी र धुलो प्रतिरोधक विशेषतायुक्त छन् । चाँडो रिचार्ज हुने वायरलेस चार्जिङले सहज एवम् सुविधाजनक तरिकाबाट चार्ज गर्न सकिन्छ ।

शक्ति र सुरक्षा 

यसमा भएको ६ जिबि र्‍याम तथा १० एनएम प्रासेसर र २५६ जिबिसम्म बढाउन सकिने मेमोरिले इन्टरनेट चलाउन, गेम खेल्न, भिडियो हेर्न र एकै पटकमा विभिन्न कार्य गर्नको लागि विशेष शक्ति प्रदान गर्दछ ।


ग्यालेक्सी नोट-८ मा बायोमेटि्रक एन्थेन्टिकेशन अप्सन, आइरिस, तथा फिंगरप्रिन्ट सेन्सिङ , फेस रिकग्निसन, पीन, प्याटनर्सर पासवर्ड जस्ता सुरक्षा संयन्त्र छन् ।

सासुङ नोक्सले तथा हार्डवेर र सफ्टवेरले अझै उच्च सुरक्षा प्रदान गर्दछन् । यसमा भएको सुरक्षित फोल्डर सुविधाले तपाइँका व्यक्तिगत र व्यावसायिक डाटालाई छुट्टा छुट्टै राख्दछ ।

नयाँ शैली

बुद्धिमान इन्टरफेस बिक्सबाइको माध्यमबाट प्रयोगकर्तासँग फोन एडप्ट भई स्मार्ट तरिकाबाट फोन चलाउन सकिन्छ । सामसुङ डीईएक्सले एउटा डेस्कटपको अनुभव प्रदान गर्दछ ।

यसमा आफ्ना फाइलहरु राख्न सकिन्छ । एउटा डेक्स्टप कम्प्युटको जस्तै काम गर्न सकिन्छ र अझ धेरै सुविधाहरु प्राप्त गर्न सकिन्छ ।

प्रतिस्पर्धात्मक मूल्य

नेपालमा ग्यालेक्सी नोट-८ को बजार मूल्य १ लाख २ हजार ९९० रुपैयाँ तोकिएको छ । यो नेपालमा २०७४ असोज २४ गते देखि मिडनाइट ब्ल्याक र मेपल गोल्ड रंगमा उपलब्ध हुने छ ।

यसको प्रि -बुकिङ्ग सुविधा असोज २ बाट नेपालभर रहेका सामसङ ब्राण्ड स्टोर र निश्चित रिटेल स्टोरहरुबाट गर्न सकिने स्थापितले जानकारी दिए ।


यो अवधि भित्र ग्राहकहरुले प्रि-बुकिङ्ग गरेमा यसको सामसुङ कन्र्भटेशल वायलेस चार्जर निःशुल्क प्राप्त गर्न सकिनेछ ।
ग्राहकले एनसेलसँगको सहकार्यमा १६ जिबि फोर-जी डाटा अर्थात प्रति महिना २ जिबी दरले ८ महिनासम्म प्राप्त गर्नेछन् ।

साथै शिखर इन्स्युरेन्ससँगको सहकार्यमा ८ महिना भित्र सेट फुटेमा बीमा सुरक्षा पनि प्रदान गरिएको छ । विभिन्न बैंकहरु मार्फत् सहज किस्ता वन्दी योजना पनि उपलब्ध रहने छ ।

www.note8preorder.comमा भिजिट गरी विस्तृत जानकारी उपलब्ध गराई तथा रु. ५००० भुक्तान गरी प्रि -अडर गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले मिलाएको छ ।
यस्ता छन् मूल  विशेषता

  Galaxy Note8
Display 16.05cm (6.3”) Quad HD+ Super AMOLED, 2960×1440 (521ppi)

*Screen measured diagonally as a full rectangle without accounting for the rounded corners

*Default resolution is “ull HD+ and can be changed to Quad HD+ (WQHD+) in Settings

Camera Rear: Dual Camera with Dual OIS (Optical Image Stabilization)

– Wide-angle: 12MP Dual Pixel A“, “1.7, OIS

– Telephoto: 12MP A“, “2.4, OIS

– 2X optical zoom, up to 10X digital zoom

“ront: 8MP A“, “1.7

Body 162.5 x 74.8 x 8.6mm, 195g, IP68

(S Pen: 5.8 x 4.2 x 108.3mm, 2.8g, IP68)

*Carrying an IP68 dust and water resistance rating. Based on test conditions of submersion in up to 1.5 meters of fresh water for up to 30 minutes

AP Octa core (2.3GHz Quad + 1.7GHz Quad), 64bit, 10nm processor
Memory 6GB RAM (LPDDR4), 64GB

*User memory is less than the total memory due to storage of the operating system and software used to operate the device features. Actual user memory will vary depending on the operator and may change after software upgrades are performed.

SIM Card Hybrid: one Nano SIM and one Nano SIM or one MicroSD slot (up to 256GB)
Battery 3,300mAh

Wireless Charging compatible with WPC and PMA

“ast Charging compatible with QC 2.0

OS Android 7.1
Network LTE Cat. 16

*Availability may differ by market and mobile operator

Connectivity Wi-“i 802.11 a/b/g/n/ac (2.4/5GHz), VHT80 MU-MIMO, 1024QAM,

Bluetooth® v 5.0 (LE up to 2Mbps), ANT+, USB Type-C, N“C, Location (GPS, Galileo*, Glonass, BeiDou*)

*Galileo and BeiDou coverage may be limited.

Payment N“C, MST
Sensors Accelerometer, Barometer, “ingerprint Sensor, Gyro Sensor, Geomagnetic Sensor, Hall Sensor, Heart Rate Sensor, Proximity Sensor, RGB Light Sensor, Iris Sensor, Pressure Sensor
Authentication Lock Type: Pattern, Pin, Password

Biometric Lock Types: Iris Scanner, “ingerprint Scanner, “acial Recognition

Audio MP3, M4A, 3GA, AAC, OGG, OGA, WAV, WMA, AMR, AWB, “LAC, MID, MIDI, XM“, MXM“, IMY, RTTTL, RTX, OTA, DS“, D““, APE

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment