Comments Add Comment

अष्ट्रेलियामा हरर चलचित्र बनाउँदै ऋचा


नायिका ऋचा शर्माले दोश्रो चलचित्रको निर्माण गरिरहेकी छिन् । पहिलो चलचित्र ‘आधा लभ’ पूर्ण रुपमा असफल भएपनि ऋचाले दोश्रो चलचित्र ‘सुनकेसरी’ निर्माण गरिरहेकी छिन् ।

२ करोडको लगानीमा बनिरहेको यो चलचित्रको कथावस्तु हरर जनराको रहेको ऋचाले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । अष्ट्रेलियामा रहँदै आएका भिम न्यौपाने र ऋचाको संयुक्त निर्माणमा छायांकन भैरहेको चलचित्रलाइ अर्पण थापाले निर्देशन गरिरहेका छन् । अर्पणले निर्देशन गरेको चलचित्र ‘मुखौटा र आधा लभ’ बक्स अफिसमा पूर्ण रुपमा असफल भएका थिए ।

सन् १८८० मा निर्माणमा गरिएको एउटा अष्ट्रेलियन दरबार अहिले बुटिक होटलको रुपमा परिणत हुने क्रममा पहिलो अतिथीको रुपमा सुनकेसरी, रुपेन र एमा सो होटेलमा पुग्छन् । उक्त होटल भित्र तीन पात्रहरुसँग भुतप्रेतको चहलपहलसँग हुने जीवन मरनको कथामा यो चलचित्र बनिरहेको छ ।

यो चलचित्रमा ऋचा शर्मा, रविन्द्र झा, सन्नी ढकाल, भिम न्यौपाने लगायका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह-निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी र अर्पण थापा छन् ।

चलचित्रको सम्पूर्ण प्राविधिकहरु हलिउड र अष्ट्रेलियन चलचित्र क्षेत्रमा काम गरेका व्यक्तिहरु रहेको ऋचाले बताएकी छिन् । चलचित्रको छायांकन दशै अगाडि नै सक्ने योजना राखिएको छ । चलचित्रलाइ सन् २०१८ को मध्य भागमा नेपाल र विदेशमा रिलिज गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment