Comments Add Comment

आमाबिना सार्वजनिक कार्यक्रममा पुग्दिनन् साम्राज्ञी


नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह केही दिन अगाडि काठमाण्डौको एक क्लबमा आयोजना भएको ‘फेसन परेड’ कार्यक्रममा प्रेमी मयंक खड्काको साथमा पुगिन् । साम्राज्ञीलाइ प्राय सो क्लबमा उनका फ्यान र मिडियाले प्रेमीसँग नै देख्ने गरेका छन् ।

फेसन शो हेर्न पुगेकी नायिकाले मिडिया र दर्शकको भिडमा आउने चेष्टा भने गरिनन् । तर, चलचित्रको प्रिमियर, कार्यक्रममा साम्राज्ञीलाइ मिडियाले एक्लै पुग्ने गरेको देख्न पाएका छैनन् ।

सार्वजनिक कार्यक्रममा पुग्दा साम्राज्ञी सधै नै आफ्नी आमासँग पुग्ने गरेकी छिन् । आमा आफ्नी साथी जस्तै भएकाले सँगै पुग्ने गरेको साम्राज्ञीको भनाइ छ । साम्राज्ञीकी आमाले पनि छोरीको करिअरमा गज्जबको साथ दिइरहेकी छिन् । उनको फेसबुक पेज हेर्दा पनि उनले छोरीलाइ कसरी साथ दिइरहेकी छिन् प्रष्ट हुन्छ ।

दोश्रो चलचित्र ‘ए मेरो हजुर २’ हिट भएपछि त नायिकाको डिमाण्ड झनै बढेको छ । तर, उनी चौथो चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को छायांकनका लागि बेलायत जान पाएकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment