Comments Add Comment

शाइन रेसुंगाले २५ प्रतिशत, पुर्णिमाको १९ प्रतिशत बोनस दिने


४ असोज, काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले २५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । हाल १ अर्ब १० करोड चुक्ता पूँजी रहेको बैंकले बोनस दिएपछि पूँजी १ अर्ब ३७ करोड रुपैयाँ पुग्नेछ ।

यता, हकप्रद जारी गरेसँगै चुक्ता पूँजी ४४ करोड पुगेको पूर्णिमा बिकास बैंकले ८ करोड ४५ लाख बराबरको बोनस सेयर दिने भएको छ । ४४ करोड चुक्ता पूँजीको आधारमा यो १९ प्रतिशत हुन आउछ । कर प्रयोजनको लागि बैंकले ४४ लाख छुट्याएको छ ।

बैंकको यो निर्णय राष्ट्र बैंकबाट स्वीकृत तथा साधारण सभाबाट पारित हुँन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment