Comments Add Comment

महिन्द्राको शानदार इलेक्ट्रिक गाडी ‘इटुओ-प्लस’ नेपालमा, मूल्य ३१ लाख


४ असोज, काठमाडौं । भारतीय मोटर उत्पादक कम्पनी महिन्द्राको बहुप्रतिक्षित विद्युतीय कार ‘इटुओ-प्लस’ नेपाली बजारमा भित्रिएको छ । काठमाडौंमा लोडसेडिङ हटेपछि महिन्द्राले इलेक्ट्रिक गाडी नेपालमा ल्याउने क्रम तीव्र पारेको छ । यसैक्रममा फोर-डोर ( ४ वटा ढोका) सहितको इटुओ-प्लस नपाली बजारमा आएको हो ।

यसअघि इटुओमा दुई भर्सन नेपालमा टु-डोर (२ ढोका)मा मात्रै  उपलब्ध थिए । अब सुलभ मूल्यमा नै शानदार इलेक्ट्रिक गाडी चढ्न चाहानेका लागि यसले भरपर्दो विकल्प दिएको छ ।

यसले कम खर्च गरेर पनि स्मार्ट विद्युतीय कार चढ्ने चाहाना राख्नेलाई गज्जवको विकल्प दिएको छ । ‘महिन्द्रा इटुओ’को स्मार्ट भर्सनका रुपमा आएको इटुओ-प्लस निकै आकर्षक, सुविधाजनक र उपयोगी रहेको कम्पनीले दावी गरेको छ ।

गाडी सार्वजनिक गर्दै महिन्द्रा एण्ड महिन्द्राका चिफ अफ इन्टरनेशनल अपरेशन अरबिन्द म्याठुले भने ,’यो आरामदायी, सुरक्षित, सजिलो र छरितो तथा वातावरणमैत्री सवारी हो ।’ उनले छिटै इलेक्ट्रिक गाडीले अन्य फ्युलबाट चल्ने गाडीलाई उछिन्ने विश्वास पनि ब्यक्त गरे ।

‘स्मार्ट इलेक्ट्रिक कार’ का प्रयोगकर्ता यसमा जडित प्रविधि र सुबिधाबाट ग्राहक निकै सन्तुष्ट हुने दावी महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटले गरेको छ ।


आकर्षक र सुरक्षित कार

इटुओभन्दा पनि आकर्षक स्वरुप र सुविधामा नयाँ कारलाई प्रस्तुत गरिएकाले जो-कसैको रोजाईमा इटुओ-प्लस पर्ने विश्वास कम्पनीले गरेको छ ।

यसमा अत्याधुनिक सुविधा उपलब्ध छन् र अन्य कारभन्दा सुरक्षित पनि छ । यसका लागि डअल साइड इम्प्याक्ट बिम, हिल होल्ड असिस्ट, इएलआर सिटबेल्ट, रेयर डोर चाइल्ड लक, फ्रन्टल कम्पल जोन, लगायतका सिस्टम जडान गरिएको छ ।

इटुओ-प्लस डिजेल र पेट्रोलबाट चल्ने अन्य कारभन्दा निकै स्मार्ट छ । ड्यासबोर्डमा स्टेट अफ दि आर्ट इन्फोटेन्मेन्ट सिस्टम छ । यसमा रेडियोसहित एसडी कार्ड डाटा लगातका सुविधा छ ।


यो कार घरमा सहजै चार्ज गर्न सकिन्छ । डिजिटल क्लष्टर विद ड्राइभ इन्फरमेशन लगायतका फिचर्स पनि छन् ।

स्मार्टफोन कनेक्टिीभिटी, रिभर्स क्यामेरा, महिन्द्रा सिग्नेचर ग्रील, क्रिष्टल एलईडी ल्याम्प, र पर्याप्त बूट स्पेश लगायतका फिचरले पनि यो गाडीलाई विशेष बनाएको छ ।

शक्तिशाली कार

इलेक्टि्रक पावर स्टेयरिङ रहेको यो गाडी एकपटक चार्ज गरेपछि १४० किलोमिटर कु्न सक्छ । यसले ८५ कलिोमिटर प्रतिघण्टाको गति दिनसक्छ ।

यो कारमा इलेक्टि्रक ड्राइभट्रेन टेक्नोलोजी प्रविधि प्रयोग भएको छ । यसको ब्याट्री र इञ्जिन निकै पावरफूल छ ।

आकर्षक डिजाइनसहितको यो गाडीभित्र पर्याप्त स्पेश छ । यसमा ४ जनाले सहजै यात्रा गर्न सक्छन् ।  विद्युतबाट चल्ने हुँदा महिन्द्रा इटुओ-प्लसमा भाइब्रेसन र आवाज आउँदैन । यसमा एसी सुविधा पनि छ ।

मूल्य र सुविधा

इटुओ-प्लसको मूल्य नेपाली बजारमा ३१ लाख रुपैयाँ तय भएको छ ।

सरकारले विद्युतीय पारवाहनको भन्सार दरमा कटौति गरेपछि इटुओ-प्लस निकै सुलभ मूल्यमा किन्न सकिने भएको हो ।

नेपाल सरकारले विद्युतीय कारलाई प्रर्बद्धन गर्ने नीति लिएका कारण यो कार चढ्ने ग्राहकले रोड ट्याक्स समेत तिर्नु पर्दैन । अन्य कर पनि पेट्रोल वा डिजेल इन्जिनयुक्त गाडीले भन्दा आधा तिरे पुग्छ ।

यो कार कोरल ब्ल्यु, वाइन रेड, आर्कटिक सिल्भर र सोलिड ह्वाइट कलरमा उपलब्ध छ ।

न्युन सञ्चालन खर्च

यिनै विशेषताका कारण यसले विलासी यात्राको अनुभुती दिलाउँछ । युरेपियनको टेक्नोलोजी प्रयोग गरिएको यो कार भारतको बैंंलोर प्लान्टमा निर्माण भएको हो ।

यसको सञ्चालन खर्च पनि अत्यन्तै कम रहेको दावी कम्पनीको छ । तेलबाट चल्ने कारजस्तै यसलाई तालिकाअनुसार सर्भिसिङ गरिरहनु पर्दैन ।

सबैभन्दा रोचक पक्ष यो गाडी हत्तपत्त बिगि्रँदैन । त्यसैले सामान्य आम्दानी भएका मध्यम वर्गीय परिवारलाई पनि यो गाडी उपयुक्त रहेको छ ।

अपरेेशन कष्ट निकै न्यून रहेको हुँदा मध्यमवर्गीय परिवारलाई उपयुक्त देखिएको कम्पनीको भनाइ छ । नयाँ अत्याधुनिक प्रविधि जडान गरिएको हुँदा युवाहरु पनि यो कारप्रति लोभिने देखिन्छ ।

व्यस्त सडक सुहाउँदो यो विद्युतीय कार प्रयोगकर्तालाई इन्धनको लामो लाइनमा बस्नु पर्दैन ।

न त पेट्रोल र डिजेलको जस्तो महंगो संचालन खर्च, न त नियमित मर्मत सम्भारको झन्झट नै हुन्छ । त्यसैले नयाँ कार झनै लोकप्रिय हुने विश्वास कम्पनीले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment