Comments Add Comment

धनुषामा फोरम र एमालेको अग्रता, निधीकै नगरमा कांग्रेस पछाडि (सूची सहित)

४ असोज,जनकपुर । नेपाली कांग्रेसको उर्वरभूमी मानिएको र पछिल्लो समय बिमलेन्द्र निधीको प्रतिष्ठा जोडिएको धनुषा जिल्लामा स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा कांग्रेसले अपेक्षित प्रदर्शन गर्न सकेको छैन ।

अहिलेसम्मको गणनामा कांग्रेस संघीय समाजवादी फोरम र एमालेभनदा पछि परेको छ ।

धनुषाका १८ स्थानीय तहमध्ये एमालेले ६ र फोरमले ५ स्थानीय तहमा अग्रता लिएका छन् ।

दोस्रो स्थानमा रहेको कांग्रेसले ३ स्थानीय तहमा अग्रता लिएको छ । माओवादी र राजपाले दुई दुई स्थानमा अग्रता लिएका छन् ।

जनकपुर उपमहानगरपालिकामा राजपाले फराकिलो अग्रता लिइरहँदा कांग्रेस दोस्रोमा छ । कांग्रेस माओवादी तालमेल भएको मिथिला नगरपालिकामा एमालेले अग्रता लिएको छ । बिमलेन्द्र निधी मतदाता रहेको नगराईन नगरपालिकामा पनि एमालेले अग्रता लिएको छ ।

को कहाँ अगाडि ?

राजपा
जनकपुर उपमहानगरपालिका
धनौजी गाउँपालिका

कांग्रेस
धनुषाधाम नगरपालिका
हंशपुर नगरपालिका
बटेश्वर गाउँपालिका

संघीय समाजवादी फोरम
क्षिरेश्वरनाथ नगरपालिका
लक्ष्मीनिया गाउँपालिका
जनकनन्दनी गाउँपालिका
शहीद नगर नगरपालिका 
कमलामाई नगरपालिका

एमाले
मिथिला नगरपालिका
नगराईन नगरपालिका
मुखियापट्टी मुसहरनिया गाउँपालिका 
विदेह नगरपालिका
औरही गाउँपालिका
मिथिला विहारी नगरपालिका

माओवादी केन्द्र
सबैला नगरपालिका
गणेशमान चारनाथ नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment