Comments Add Comment

परराष्ट्रमन्त्री महरा संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटनमा सहभागी

४ असोज, काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा संयुक्त राष्ट्रसंघको ७२ औं महासभाको उद्घाटन समारोहमा सहभागी भएका छन् ।

न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा मङ्गलबारदेखि सुरु भएको महासभा ‘जनता केन्द्रित: शान्तिका लागि प्रयास तथा दीगो ‘प्लानेट’का लागि मर्यादित जीवन’ भन्ने मुख्य विषयमा केन्द्रि छ ।

महासभाको उद्घाटनमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले वाषिर्क प्रतिवेदन पेस गरेका थिए ।

त्यस लगतै महासभालाई ब्राजिलका राष्ट्रपति माइकेल टेमेर र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रपले सम्बोधन गरेका छन् ।

सो अवसरमा उपप्रधान तथा परराष्ट्रमन्त्री महरा बेलायती प्रधानमन्त्री थेरेसा मेले प्रस्तुत गरेको जबरजस्ती श्रम, आधुनिक दास तथा मानव तस्करीसम्बन्धी कार्यक्रममा सहभागी भएका छन् ।

कार्यक्रममा महराले संयुक्त राष्ट्रसंघ अन्तर्गतका संस्था तथा गैरसरकारी संस्था शिक्षा तथा जागरुकतामा केन्द्रित हुनुपर्ने बताए ।

उनले नेपाल जबरदस्ती श्रम, दास तथा मानव तस्करीको मुक्तिका लागि नेपालले प्रतिवद्धता जनाएको स्पष्ट पारे ।

त्यसअघि परराष्ट्रमन्त्री महरा दीगो विकासका लागि पानी भन्ने अन्तरक्रियामा सहभागी भएका थिए । अन्तरक्रियामा सन् २०३० सम्म सबैलाई सुरक्षित र खरिद गर्न सक्ने पानीको पर्याप्तता तथा त्यसका लागि पूर्वाधारमा ठूलो लगानी गर्ने विषयमा केन्द्रित थियो ।

त्यसैगरी सोही क्रममा युरोपेली सङ्घ, जापान तथा संयुक्त राष्ट्र सङ्घले आयोजना गरेको गुणस्तरीय पूर्वाधारमा लगानी प्रवर्द्धनसम्बन्धी कार्यक्रममा नेपालका तर्फबाट परराष्ट्रमन्त्री महराले सहभागिता जनाए ।

त्यस लगतै उनी महासचिव एन्टोनियोले आयोजना गरेको भोजमा समेत सहभागी भएका थिए ।

परराष्ट्रमन्त्री महराले मित्रराष्ट्र नर्वेका विदेशमन्त्री बोर्जे ब्रेन्डेसँग द्विपक्षीय वार्ता गरेका थिए । भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्ध तथा सहयोगका विषयका विविध विषयमा छलफल भएको थियो ।

महासभाकै अवसरमा उपप्रधानमन्त्री महराले दक्षिणी एसियाली क्षेत्रीय सहयोग सङ्गठन-सार्क)को मन्त्रीस्तरीय बैठकको अध्यक्षता गर्नेछन् ।

उनले असंलग्न आन्दोलन (जि ७७), चीन, अतिकम विकसित मुलुक तथा भूपरिवेष्ठित विकाशील मुलुकको बैठकमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment