Comments Add Comment

टेक्ससको समुद्री बाढीमा सहयोग गर्दै नेपाली युवक


टेक्सस । अगष्टमा आएको समुद्री आँधिबेरी र बाढीले क्षति पुर्‍याएको अमेरिकाको टेक्सस राज्यको हृयुप्टन र रकपोर्टमा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक, युथ फर ह्युमन राइट्सका लागि राष्ट्रिय प्रतिनिधि तथा भोलुन्टर मिनिस्टर नेपालका महासचिव गुणराज प्याकुरेल मानविय सहयोगमा जुटिरहेका छन् ।

युथ फर ह्युमन राइट्सको १४ औं अन्तर्राष्ट्रिय सम्मेलनका लागि संयुक्त राज्य अमेरिका गएका प्याकुरेलले १४ दिनसम्म क्षतिग्रस्त स्थानमा गई सहयोग गरेका हुन् ।

सो राहत तथा उद्दार कार्यमा मेक्सिको टोपेज साइन्ट्रोलोजी भोलुन्टर मिनिस्टरका स्वयंसेवी, कोलम्वियाका सिनेट तथा सयौं स्वयंसेवीहरुमा प्याकुरेल नेपालबाट सहभागी एक मात्र स्वयंसेवी हुन् । बाढीले क्षति पुर्‍याएका स्थानमा खाना, लत्ताकपडा बाँड्नुका साथै सरसफाईसमेत गरिएको प्याकुरेलले बताएका छन् ।

यस अघि सन् २०१२ मा भारतको ब्रम्हपुत्रको किनार आसाम, २०१३ मा फिलिपिन्स, २०१५ मा भारतको चेन्नाई, २०१५ मा नेपालको महाविनाशकारी भूकम्प, २०१७ मा बङ्गलादेशको बाढी पहिरोमा मानविय सहयोग गरेका उनले यो वर्ष संयुक्त राज्य अमेरीकाको टेक्ससमा स्वयंसेवीका रुपमा सहयोग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment