Comments Add Comment

एनआरएन युरोप सहसंयोजकमा उम्मेदवारी दिने केसीको घोषणा

पोर्चुगल। गैर आवासीय नेपाली संघ एनआरएनको यही अक्टोबर १४–१६ मा हुन गइरहेको आठौं विश्व सम्मेलनमा पोर्चुगलबाट भीम केसी (कमल)ले युरोप सह–संयोजकमा आफनो उम्मेदवारी घोषणा गर्ने जनाएका छन् ।पोर्चुगल एनआरएनको छैठौँ अधिवेशनको बन्द सत्रले केसीको उम्मेदवारीलाई सर्वसम्मत गर्दै आगामी नेतृत्वको लागि चयन गरेको हो ।

बागलुङ्गको जैमुनी नगरपालिका २, दमेकका स्थायी बासिन्दा केसी एकदशकदेखि सपरिवार पोर्चुगल बस्दै आएका छन् । पोर्चुगलमा सामाजिक क्षेत्रमा हात हाल्दै व्यापार व्यवसायमा संलग्न केसीको मनि ट्रान्सफर एण्ड टुरिजम र नेपाली ह्याण्डीक्राफ्ट निर्यात कम्पनी सुरु गरिसकेका छन् । नर्वेबाट विशेष शिक्षा शास्त्रमा पोष्ट ग्राजुएट गरेका केसीले त्रिभुवन विश्वविद्यालबाट काुननमा बिएल, लेखामा बीबीएस र शिक्षामा एमएड गरिसकेका छन् ।

एनआरएनमा लामो अनुभव रहेका केसीले सन् २००९–११ मा पोर्चुगल एनआरएनको उपाध्यक्ष, सन् २०११–१३ मा अन्तरराष्ट्रीय समन्वय समितिको मिडिया टाश्कफोर्स सदस्य र सन् २०१३–१५ मा पोर्चुगल एनआरएनको सल्लाहकार हुँदै २०१५-१७ को कार्यकाल अध्यक्षको रुपमा सफलतापुर्बक पुरा गरेका छन् ।

नेपाल रहँदा बाग्लुङ्गको एक माध्यामिक विद्यालयमा अध्यापन एवम् नेपाल सरकारको शिक्षा मन्त्रालयमा काम गरेका केसी माओवादी द्वन्द्वकालमा विदेशिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment