Comments Add Comment

डिस्चार्ज भए कपिल, तर फ्यानका लागि दुखको खबर

कमेडियन कपिल शर्मा लोकपि्रयताको उत्कर्षमा पुगेर अहिले नराम्ररी पछारिएका छन् । उनी एकपछि अर्को समस्यामा जेलिएका छन् । यस्तो अवस्थामा उनलाई स्वास्थ्यले पनि धोका दिएको छ ।

केहि समयअघि उनको स्वास्थ्य खराब भएको समाचार छाएको थियो । यसैबीच उनी बैग्लुरुको अस्पतालमा भर्ना पनि भए । लामो उपचार पछि उनी तंगि्रएका छन् । हालैमात्र कपिल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनको ‘स्वास्थ्यलाभ’को खबरले प्रशंसकलाई आवश्यै खुसी तुल्याउनेछ । तर, यससागै दुखको खबर पनि छ । अब दर्शकले ‘द कपिल शर्मा शो’ हेर्न पाउने छैनन् । उनी पुन उक्त स्टेजमा र्फकदैनन् । कम्तिमा पनि एक बर्ष उक्त स्टेज शून्य हुनेछ ।

कपिलका नजिकका मित्रले बताएका छन्, उनलाई अझै आरमको जरुरत छ । त्यसबीचमा उनी स्टेजमा र्फकने छैनन् ।

खबर अनुसार कपिलले अस्पतालमा ४० दिनको आर्युवेदिक उपचार लिनुपर्ने थियो । तर, उनले १२ दिनमै अस्पतालबाट छुटी लिएका छन् । अब उनी आफ्नो फिल्म ‘फिरंगी’को बााकी छायांकन सिध्याउनेछन् । त्यपछि फिल्मको मार्केटिङ र प्रमोशनमा लाग्नेछन् । फिल्म नोभेम्बरमा रिलिज हुने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment