Comments Add Comment

एनआरएनको युरोप संयोजकमा डा. विनय श्रेष्ठको उम्मेदवारी

जुरिच । स्वीटजरल्याण्डमा रहेका डा. विनय श्रेष्ठले गैर आवासीय नेपाली संघ एनआरएनको युरोप संयोजकमा उम्मदेवारीको घोषणा गरेका छन् ।

गैर आवासीय नेपाली संघ स्वीटजरल्याण्डका संस्थापक उपाध्यक्ष एवं पूर्वअध्यक्षसमेत रहेका डा. श्रेष्ठले बुधबार आफ्नो उम्मदेवारी घोषणा गरेका हुन् ।

हाल स्वीटजरल्याण्डको जुरिचस्थित क्यान्सर अस्पतालमा रेडिएसन अंकोलोजी विशेषज्ञका रुपमा कार्यरत डा. श्रेष्ठ एनआरएनका वर्तमान आइसीसी सदस्यसमेत हुन् ।

नेपालबाट एमबीबीएस अध्ययन पूरा गरेका श्रेष्ठले स्वीटजरल्याण्डबाट एमडी गर्नुका साथै वायोमेडिकल इञ्जिनिररिङमा स्नातकोत्तर गरेका छन् । उनले स्वीटजरल्याण्डबाटै एफएमएच रेडियोलोजीमा विशेषज्ञता हासिल गरेका हुन् ।

विगत १४ वर्षदेखि स्वीटजरल्याण्डमा कार्यरत उनी क्यान्सर रोग विशेषज्ञ हुन् । क्यान्सर रोगबारे आफ्नो विशेषज्ञताबाट नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउन इच्छुक रहेको बताउँदै आएका श्रेष्ठले एनआरएनको स्थापना र विकासमा युरोपको गौरवशाली इतिहासलाई अघि बढाउन आफूले उम्मदेवारी दिएको बताएका छन् ।

डा. श्रेष्ठले आफ्नो उम्मेदवारीको कारण यसरी खोलेका छन्-

  • गैरआवासीय नेपाली संघको स्थापना, विकास र प्रगतिमा युरोप क्षेत्रको भूमिका गौरवशाली रहेको छ। यो गौरवशाली इतिहासलाई कायम राख्दै आईसीसीसँग रचनात्मक सहकार्य र समन्वय गर्ने।
  •  युरोप क्षेत्रका एनसीसीहरुको संस्थागत विकासका लागि आईसीसीसँग सहकार्य गरी एक विशेष योजना तर्जुमा गर्ने र संस्थागत विकास एवं आर्थिक पारदर्शितामा जोड दिने।
  •  संघको विकेन्द्रिकरणमा जोड दिई युरोप क्षेत्रलाई अझ सशक्त क्षेत्रका रुपमा स्थापित गराउने र केन्द्रीय नीतिनिर्माण र योजनाहरुमा प्रत्यक्ष संलग्न रहने।
  •  संघको संस्थागत चुनौतिहरु सम्बोधन गर्न प्रस्तावित “भिजन २०-२०” लाई तार्किक निष्कर्षमा पु‍र्या उने।
  • युरोपका प्रवासी नेपालीहरुको पेशागत, शैक्षिक, आर्थिक एवं सामाजिक क्षमता विकासका निम्ति एनसीसीहरुसँग छलफल गरी एक कार्यनीति तय गर्ने र कार्यान्वयन गर्ने
  • नेपालमा गरिने परोपकारी योजनाहरुको तर्जुमा र कार्यान्वयनमा प्रत्यक्ष प्रभावकारी भूमिका खेल्ने। साथै,संघका मेगा प्रोजेक्टहरु (लाप्राक, भवन निर्माण आदि) मा प्रतिबद्धता अनुसारको सहयोगलाई निरन्तरता दिने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment