Comments Add Comment

आङ सान सुकी, यो तस्वीर हेर !

एक रोहिंग्या मुस्लिम आमाले आफ्नो मृत शिशुलाई छातिमा च्यापेर विलौना गरिरहेको हृदयविदारक तस्बिर सार्वजनिक भएको छ । उनको परिवार म्यानमारबाट बंगलादेश भाग्ने क्रममा चढेको डुंगा उल्टिएपछि नाबालक शिशुको मृत्यु भएको थियो ।

यो तस्बिरले एक नाबालक सिरियाली शरणार्थी अलान कुर्दीलाई सम्झाइदिएको छ, जो २०१५ को सेप्टेम्बरमा टर्कीको समुद्री तटमा मृत भेटिएका थिए । उनको तस्वीर त्यतिबेला विश्वव्यापी बनेको थियो ।

मात्र ४० दिनका रोहिंग्या बालकको फोटो फोटोग्राफर दार यासिनले दक्षिणपूर्वी बंगलादेशमा खिचेका हुन् ।

यासिनले टाइम म्यागजिनलाई भनेका छन्, ‘एउटा डुंगा पल्टिएको थियो । केहीइ महिलाहरु बेहोस भएका थिए । आफ्नो परिवारको सदस्य बगेको भन्दै एक महिला चिच्याइरहेकी थिइन् । उनलाई अर्की महिलाले सान्त्वना दिइरहेकी थिइन् ।’

‘तर सान्त्वना दिइरहेकी ती महिला एक छिनपछि आफै कहालिएर रुन लागिन् किनकी उनका श्रीमानले जुम्ल्याहा छोरा मध्येको एक अब्दुल मसुदलाई मृत अवस्थामा लिएर आए । त्यसपछि आफ्नो मृत छोरालाई छातिमा टाँसेर ती महिला बिलौना गर्न थालिन् ।

यासिनका अनुसार शरणार्थिहरु चढेको डुंगामा एउटै परिवारका ४५ जना सदस्यहरु थिए । किनाराबाट केही मिटर अगाडि जानासाथ डुंगा पल्टेको थियो । तर पनि हानिदा बेगमको बच्चालाई बचाउन सम्भव भएन ।

बुद्धिष्ट सरकारको दमनबाट बच्नका लागि यतिबेला हजारौंको संख्यामा रोहिंग्या मुसलमानहरु म्यानमारबाट भागिरहेका छन् । यसलाई लिएर नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी नेतृ आङ सान सुकीको विश्वभरबाट आलोचना भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment