Comments Add Comment

टेलिकमको सेवामा छुटै-छुटः रिचार्जमा बोनस, डाटा र एसएमएसमा थप सुविधा

४ असोज, काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न छुट घोषणा गरेको छ ।

रिचार्जमा बोनसः जिएसएम तथा सिडिएमए पि्रपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा २०७४ असोज ५ गते देखी १० गते सम्म रु. ५०, रु. १००, रु. २००, रु. ५०० र रु. १०००का रिचार्ज कार्ड मार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराइएको छ । त्यसैगरी रु. १० र सो भन्दा बढी एम्पोसमार्फत रिचार्ज गर्दा समेत १० प्रतिशत बोनस उपलब्ध गराइएको छ ।

युट्युब डाटा प्याकेज ः जिएसएम पि्रपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ ।

त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने छ ।

यो प्याकेज लिनका लागि YT1GB वा YT500MB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ ।

कम्बो प्याकेजः जिएसएम तथा सिडिएमए पि्रपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्क भित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मीनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ ।

त्यसैगरी २५ रुपैयाँमा १६ मीनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम ३ दिन अवधिका लागि उपलब्ध हुनेछ । ५० रुपैयाँमा ४५ मीनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम ५ दिन, १ सय रुपैयाँमा ११० मीनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिन र ३ सय रुपैयाँमा ३६० मीनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने छ ।

यो प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मीनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम लिनको लागि COMBO10 टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्छ ।

त्यसैगरी अन्यको लागि COMBO25, COMBO50, COMBO100 अथवा COMBO300 टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्छ । साथै *1415# डायल गरेर पनि यो प्याकेज लिन सकिन्छ ।

भ्वाइस प्याकेजः जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्क भित्र भ्वाइस प्याकेज अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुनेछ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी २५ रुपैयाँमा ३० मिनेट ३ दिन अवधिका लागि उपलब्ध हुनेछ ।

५० रुपैयाँमा ७५ मीनेट ५ दिन, १ सय रुपैयाँमा २०० मीनेट १० दिन र ३ सय रुपैयाँमा ६५० मिनेट ३० दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने छ ।

यो प्याकेज अन्तर्गत अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल लिनको लागि VOICE11 टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्छ ।

त्यसैगरी अन्यको लागि VOICE30, VOICE75, VOICE200 अथवा VOICE650 टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्नेछ । साथै ८ज्ञद्धज्ञछ३ डायल गरेर पनि यो प्याकेज लिन सकिन्छ ।

पीएसटीएन र सीफोन सेवामा बोनसः यो सेवाका ग्राहकहरुलाई न्युनतम मासिक महसुल रु. २०० मा १७५ स्थानिय कल निःशुल्क उपलब्ध गराइरहेकोमा असोज र कात्तिक महिनामा १००/१०० स्थानिय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल २७५ कल निःशुल्क उपलब्ध गराइएको छ ।

एडीएसएल, एफटीटीएच र वाइम्याक्समा अफरः असोज ११ देखि १८ भित्र भित्र अनलिमिटेड र भोल्युम बेस एसएसएल एमाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि मिति १९  गतेसम्म थप गरिएको छ ।

त्यसैगरी त्यसै अवधिभित्र भित्र एडीएसएल, एफटीटीएच र वाइम्याक्मा को समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि पनि १९ गतेसम्म थप गरिएको छ ।

एसएमएसमा छुटः जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्ट सेवामार्फत कम्पनीकै नेटवर्क भित्र हुने एसएमएस सेवाको विद्यमान महसुल दरमा मिति असोज ११ देखि १९ गतेसम्म ५० प्रतिशत छुट उपलब्ध गराइएको छ । उक्त अवधिमा कम्पनीको नेटवर्कभित्र ५० पैसामा एसएमएस गर्न सकिनेछ ।

फोरजी सिम निःशुल्क परिवर्तनः कम्पनीले मिति असोज ०५  गतेदेखि कातिर्क ३०  गते सम्म फोरजी सेवा लिनका लागि आवश्यक पर्ने सिम(यू सिम) परिवर्तन निःशुल्क गरिएको छ ।

यो सेवा कम्पनीका काठमाण्डौ, ललितपुर, भक्तपुर र कास्की जिल्लाका काउन्टरहरु मार्फत उपलब्ध हुनेछ । साथै विभिन्न महोत्सवमा स्थापित स्टलबाट पनि लिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment