Comments Add Comment

‘प्रतिस्पर्धी प्राइस, उत्कृष्ट सर्भिस र डिभाइसका लागि सामसुङ’


सामसुङले नेपालमा नोट-८को प्रि-बुकिङ थालेको छ । १ लाख ३ हजार मूल्यको नोट-८ सामसुङको नोट सिरिजको सर्वोत्कृष्ट प्रोडक्ट हो । तर, नोट-५ पछि मात्रै नोट-८ नेपाल आएको छ । २ वर्ष बढीको अन्तरालमा नोट सिरिज नेपालमा आउँदा यसले प्रिमियम स्मार्टफोन बजारमा नयाँ तरंग ल्याएको छ ।
 
तर, नोट-८लाई यहाँ सफल सावित हुन पक्कैपनि केही चुनौतिको समाना भने गर्नुपर्नेछ । यो अवस्थमा सामसुङले नोट-८लाई नेपाली बजारमा कसरी प्रस्तुत गर्दैछ त ? यसै विषयमा हामीले समासुङ नेपालका बिजनेश हेड प्रणयरत्न स्थापितसँग कुराकानी गरेका छौं ।
नोट सिररिजमा लामो समयको ग्यापपछि ग्यालेक्सी नो-८ नेपाली बजारमा आयो । यो फोनसँग कस्तो आशा गर्नुभएको छ ?

यो स्मार्टफोन अन्यभन्दा विल्कुल फरक छ । नोट-८ का आफ्नै विशिष्टताहरु छन् । यसलाई अन्यसँग जोडेर हेर्न नै मिल्दैन । यसको मूल विशेषता नै एस-पेन हो । यसले नै धेरैलाई नोट सिरिजमा राख्न प्रेरित गर्छ । बजारमा यसको आफ्नै अलग अस्तित्व र पहिचान छ ।

नेपालमा नोट सिरिजमा दुई वर्षको ग्याप भयो । बीचमा एकवर्ष खाली नै भयो । त्यसपछि यो साल हामी नोट-८ लिएर आयौं । त्यसले गर्दा ठूलो नोट लोयलिष्टहरु, जो नयाँ नोटको सिरिज कुरिरहनुभएको थियो, उहाँहरुलाई समेट्न सकियोस् भनेर दशैं अघि नै हामीले पि्र बुकिङ खोल्यौं ।

अब दशैंपछि नै हामी लञ्च गर्दैछौं । पक्कैपनि यसलाई नेपाली ग्राहकले रुचाउनुहुन्छ । नोट-८ ठूलो सोच बनाएर हिँड्नको लागि डिजाइन भएको  हो । यसले यसका युजरको जीवनशैलीलाई सहज र विस्तारित बनाउँछ । त्यसैले यसले यहाँ राम्रो बजारमा लिन्छ भन्नेमा विश्वस्त छौं ।

नोट-८ मा के-के त्यस्ता विशेषता छन ? जसले तपाईंहरुलाई यति आशावादी बनाएको छ..

अफकोर्स, यसमा जुन किसिमको प्रविधि भित्र्याइएको छ, त्यसलाई नेपाली ग्राहकले रुचाउनुहुन्छ भन्नेमा कन्फ्युजन छैन । ६.३ इन्चको सुपर एमोलेड छ । यसमा मल्टी टास्किङका लागि एप पियरिङ सुविधा छ । एकैपटक दुईवटा एप चलाउन सकिन्छ ।

यसमा डुअल क्यामेरा पनि छ । एउटामा वाइड एंगल छ भने अर्कोमा टेलिलेन्ससहितको छ । दुबैमा ओआईर्एस सिस्टम छ ।  बेस्ट क्यामरासँगै एसपेन पनि ‘हाइली सेन्सेटिभ’ छ । यसमा नयाँ एस-पेन पनि ल्याएइको छ । त्यसैले यसले बजारमा नयाँ नोट सिरिजलाई फेेरि नयाँ उचाइ दिन्छ ।

हामीले सफ्टवेर र हार्डवेयरको मात्रै हैन, सर्भिसमा पनि ध्यान दिएका छौं । नयाँ प्रविधिका रुपमा  डिजिटल पर्सनल एसिस्टेन्ट पनि छ ।

यसमा क्यामेयर त विल्कुलै नयाँ र गजबको छ  । सँगै १० नानोमिटरको प्रोसेसर युज भएको छ । त्यसैले यो यो निकै पावरफूल, इनर्जी इफिसियन्ट एण्ड अकुपाइस भेरी स्मल स्पेश लगायतका फिचर्सबाट सजिएको छ । त्यसै पनि हामी निकै कन्फिडेन्ट छौं ।

नोट सिरिजको स्मार्टफोन नआएको झण्डै २ वर्षभन्दा बढी भयो । यो बीचमा नोट छाडेर अन्य डिभाइसतर्फ धेरै ग्राहक सिफ्ट भए होलान् । अब उनीहरुलाई फेरि नोटमा फर्काउन सक्नुहुन्छ ?

पहिलो कुरा त नोट सिरिजको विकल्प उपलब्ध छैन । यसको पर्फेक्ट सब्स्टीच्युट छैन । किनभने एसपेन सहितको अरु डिभाइस छैनन् । बीचमा नोट सिरिज छोडेर उहाँहरु कतै जानु भएको छ भने पनि पुरानो विशेषताकै कारण पनि यतै तानिनुहुनछ ।

हामीले नोट-८ लाई अहिलेसम्मकै समुन्नत फोनको रुपमा ल्याएका छौं  । त्यसैले उहाँहरु आउनुहन्छ । हामीले नोट-८ नआउँदै धेरै इन्क्वायरिज पाएका हौं । अहिले पनि आइरहेको छ । अफरहरु के छ भन्नेमा पनि उहाँहरुको चासो छ । त्यसैले हामी निकै आशावादी छौं ।

तुलनात्मक रुपमा नोट ८ भारतमा भन्दा नेपाालमा सस्तो भएर आएको हो ?


हो, भारतमा भन्दा नोट-८ पनि यहाँ सस्तो छ । भारतमा केही समयअघि नोट-८ आइसकेको  छ । त्यहाँ झण्डै यो डिभाइसको एक लाख ८ हजार पर्छ । तर, हामीले नेपालमा १ लाख २ हजार ९९० रुपैयाँमै उपलब्ध गराएका छौं ।

सँगै ग्राहकका लागि धेरै अफर पनि छन् । रिटेलरबाट चलनचल्तीको डिस्काउन्ट लिँदा यो भारतको भन्दा ८ प्रतिशत सस्तो पर्छ ।

नोट-८लाई प्रवर्द्धन गर्न विशेष योजना र अफर पनि छन् ?

नोट-८का ग्राहकलाई अहिले थुप्रै बेनिफिटहरु पनि छन् । हामीले यो प्रि-बुक गर्दा विभिन्न अफर पनि ल्याएका छौं ।
हामीले पि्रबुक गर्नेका लागि एउटा कन्भर्टिबल वायरलेस चार्ज फ्री दिँदैछौं । जसको बजार मूल्य ८ हजार हो ।

त्यसैगरी शिखर इन्स्योरेन्सको टाइ-अपमा ८ महिनाको इन्स्योरेन्स पनि गर्दैछौं । त्यसैगरी ८ मन्थका लागि एनसेनको १६ जिबी डाटा पनि फ्री दिँदैछौं ।

यि सबै कारणले यो ग्राहकलाई आकर्षण मात्रै हैन, सन्तुष्ट पनि गर्न सकिन्छ भन्ने विश्वास छ ।

तपाईंहरुले पछिल्लो समयमा डिभइसको इन्स्योरेन्समा जोड दिईरहनु भएको छ, किन ?

महंगो डिभाइसमा इन्स्योरेन्स जरुरी छ । पर्सनल्ली भन्दा मैले पनि डिभाएस फुटाएको छु । हातबाट खसेर फोनको विक पोइन्समा पर्दा ठूलै रकम खर्चिएको डिभाइस काम नलाग्ने बन्छ ।

एक लाख रुपैयाँको डिभाइस महंगो नै हो नेपालमा । त्यसैले महंगो डिभाइसमा भएको लगानी सुरक्षाका लागि इन्स्योरेन्स जरुरी देख्छौं हामी । हाम्रोमा धेरै कस्टमर स्क्रीन फुटेर आउनुहुन्छ । उहाँहरु दुःखी पाउाछौं ।

त्यसैले यि कुरा नहोस् भन्ने कुरा मध्यनजर गरेर ग्राहक आश्वास्त गर्न हामीले फ्री इन्स्योरेन्स पनि ल्याएका हौं । हामीले यसअघि एस-७ र एस-८मा पनि यस्तो सुविधा दिएका थियौं ।

समग्रमा नोट सिरिजप्रति नेपाली ग्राहकको धारणा के पाउनुहुन्छ ?

मैले अघि पनि भनेँ, यो अरु भन्दा निकै फरक प्रोडक्ट हो । यो अली महंगो पनि छ । यसको फंगसन सबैले एपि्रसियट गर्छन भन्ने पनि छैन । तर, जसले यसलाई मन पराउनुहुन्छ , उहाँहरुले यसलाई निकै माया पनि गर्नुहुन्छ ।

यसको एस पेन, डिस्प्ले लगायतका कारण ग्राहकले यसलाई रुचाएका छन् । नेपालमा नोट सिरिजको आफ्नै स्थान छ । अब नोट-८को प्रवेशले यसप्रति थप विश्वास पैदा हुनेछ ।

ग्यालेक्सी नोट-७ नेपाल नआउँदै ब्याट्रीको समस्याका कारण बजारबाट फर्काइयो । नोट-८ मा त्यस्ता समस्या आउँदैन भनेर ग्राहक कसरी आश्वस्त हुन सक्छन् ?

दुर्भाग्यबस भनौं, नोट ७ एउटा एक्सिटेन्टमा पर्‍यो । त्यसलाई कम्पनीले माफी माग्दै बजारमा गएक सबै डिभाइस फिर्ता गरेको थियो । तर, हाम्रो सौभाग्य हो कि हामीले नेपालमा यसलाई ल्याएका थिएनौं ।

त्यसैबाट सिकेर सामसुङले आफ्नो प्रोडक्सन फेजमै ८ वटा ब्याट्री सेफ्टी चेकको प्रोसेस इन्ट्रड्युस गरेको छ । जसले सबै कन्डिसनमा ब्याट्रीको परीक्षण  गरिएको छ । त्यसले विभिन्न कन्डिसनका कस्तो पर्फमेन्स गर्छ, कस्तो बिहेभ गर्छ भन्ने परीक्षण गरिएको छ ।

जस्तो कि हाइ टेम्प्रेचर कस्तो हुन्छ, खस्दा कस्तो हुन्छ लगायतका विभिन्न कन्डिसनमा यसलाई परीक्षण गरिएको छ  ।
नोट-७ बाटै पाठ सिकेर अब त्यस्तो अवस्था नआओस् भनेर हामी सेचत छौं । नोट-८  यस्ता समस्याबाट मुक्त छ । अब सामसुसङ नै यस्ता खतारबाट मुक्त छ ।

नोट-८को प्रि बुकिङ सुरु गर्दैगर्दा यसको बजारबारे कुनै टार्गेट बनाउनुभएको छ ?

हामी अहिले यति समेयमै यति नै नोट-८ बेच्छौं भनेर भन्दैनौं । तर, हामी नोटको अघिल्लो सिरिजको भन्दा डेढ गुणा बढी बेच्न सक्छौं भन्नेमा आशावादी छौं ।

किनभने २ वर्षपछि आएको नोट सिरिजको डिभाइसमा धेरैलाई चासो छ । हामी निकै उत्साहित छौं ।

एउटै सेगमेन्टमा पनि छिटो-छिटो नयाँ प्रोडक्ट लञ्चहरु हुन्छन् । केही समयअघि एस-८ आयो, अब एस-९ पनि आउँदैछ । अहिले नोट-८ आयो । यसले कन्जुमरलाई ‘वेटिङ गेम’ लैजाँदैन ?

हो, त्यो चाँही हुन सक्छ । नयाँ आएपछि त्यसमा के आएको छ भनेर क्युरेसिटी हुन्छ । यो स्वभाविक हो । नेपालमा ओभरअल सेगमेन्टमा हेर्दा रिप्लसमेन्ट साइकल २ वर्ष छ ।

यो सेगमेन्टमा त्यो अवधि अली कम हुन्छ होला । तर, नोट सिरिजका उपभोक्ताका हकमा अली फरक छ । जो नोटमा लाग्नुहुन्न, उहाँहरु यसबाट हट्नुहुन्न । हाम्रा ग्राहक कुरिरहनुभएकै थियो ।

हामीलाई धेरै इन्क्वायरी थियो । एस  सिरिजको ग्राक हअली अस्थिर हुनुहुन्छ । उहाँहरु बेष्ट सिरिज हुन्छ । तर, नोटका युजरले भने यसबाट लिन सकिने बेनिफिटबाट नै यता रहिरहन चाहनुहुन्छ ।

तपाईंहरुको मुख्य कम्पिटिटर पनि नयाँ प्रोडक्ट लिएर आउँदैछ । एस-सिरिज त छँदै न छ । लामो ग्यापपछि सामसुङले  नोट ८ ल्यायो । अब मार्केट सिनारियोमा केही चेन्ज हुन सक्छ ?

सबैभन्दा पहिलो कुरा, फ्लागसीप अर्थात ८० हजार रुपैयाँभन्दा माथिको सेगमेन्टमा हामी निकै बलियो छौं । यसमा हाम्रो बजार हिस्सा ८० प्रतिशत माथि छ ।

हामीले नोट-८ लाई यहाँ ल्याएपछि हामी अझ बलियो हुनेछौं । अरु ब्राण्डका डिभाइसको पनि आा-आफ्नो लोयल कस्टमर बेस छ । तर, विशेषता, सेल्स सर्भिस, आफ्टर सेल्स सर्भिस, नेटवर्क लगायतका कारण ग्राहकहरु हामीसँग आउन र जोडिन सजिलो मान्नुहुन्छ ।

जुन न्यु फिचर्सहरु सामसुङले इन्ट्रड्युस गरेका छ, त्यसले पनि हामीलाई विश्वास गरिन्छ । हाम्रो प्रतिस्पर्धीले भर्खरै इन्ट्रड्युस गरेको एमोलेड टेक्नोलोजी हामीले ८ वर्ष अघि अर्थात सन् २००९ मै ल्याएका थियौं ।

सामसुङले नेपालमा पछिल्लो समयमा प्रिमियमभन्दा मिडल सेगमेन्टको फोनमा बढी जोड दिएको देखिन्छ । केही विशेष कारणहरु छन् ?

सही हो, नेपालको सन्दर्भमा स्मार्टफोन मार्केटमा ‘फास्टेष्ट ग्रोइङ’ सेगमेन्ट मिड रेन्ज नै हो । १५ देखि ३० हजार रुपैयाँ रेञ्जको स्मार्टफोनमा धेरैको ध्यान छ ।

यो सेगमेन्ट ‘र्‍यापीडली ग्रो’ भइरहेको छ । त्यो सन्दर्भमा हामीले त्यही सेगमेन्टमा भर्खरै ३ वटा मोडल भित्र्यायौं । जे-सेभन नेक्स्ट, जे-७ म्याक्स र जे-७ प्रो भित्र्यायौं ।

बजारमा जुन सेगमेन्टलाई बढी रुचाइएको छ, त्यसमा हाम्रो उपस्थिति पनि बलियो हुन जरुरी छ । हामीले बजार हिस्सालाई बढाउन  पनि यो गरिरहेका छौं । किनभने यिनै सेगमेन्टमा मास कस्टमर हुनुहुन्छ । र यो सेगमेन्टको वृद्धिदर पनि उत्साहजनक छ ।

पछिल्लो समयमा चिनियाँ ब्राण्डहरु पनि ब्राण्डिङमा निकै आक्रमक देखिन्छन् । सामसुङतर्फ हेर्दा भने सेल्स, मार्केटिङ र ब्राण्डिङ त्यस्तो एग्रेशन देखिँदैन, किन हो ?

प्रोडक्टको मार्केटिङ धेरै पक्षहरुको सम्मीश्रण हो । ब्राण्डिङ भनेर छापेर मात्रै पनि बिक्री हुने हैन । हो, अब न्यु लञ्चेज, प्राइस र फिचर्सबारे ग्राहकले जानकारी पाउनुपर्छ । त्यो जानकारी दिनका लागि हामीले डिजिटल मार्केटिङ गरिरहेका छौं । धेरै माध्यमहरुमा हामी गएका छौं ।

म सहमत छु कि बजारमा नयाँ आएकालाई ब्राण्ड नेम नै चिनाउनुपर्‍यो । त्यसैले नयाँले अली बढी मेहेनत गरेका होलान् । तर, हामीले ‘सर्टेन लेभल’को ब्रण्डिङ गरिसकेका छौं ।

अब हाम्रो प्राथमिकता भनेको नेपाली उपभोक्तालाई उत्कृष्ट प्राइसमा राम्रो डिभाइस दिने हो । हामी कम्पिटेटिभ प्राइसमा ग्राहकलाई राम्रो प्रोडक्ट दिन चाहान्छौं । आफ्टर सेल्स सर्भिसमा पनि हाम्रो जोड छ ।

ओपन बोर्डर भएकाले हामीले भारतसँग प्रतिस्पर्धा हुने गरी मूल्य राख्नुपर्ने हुन्छ । त्यसैले भारतको प्राइस कम्प्यारिजन गरेर हामी यहाँ ग्राहकलाई कसरी न्यनतम् प्राइस दिने भनेर काम गर्छौं ।

प्रस्तुतीः रविन्द्र घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment