Comments Add Comment

कामेश्वरलाइ फिल्म प्रमोशनमा देख्नै मुश्किल


नेपाली चलचित्रका केही कलाकारलाइ अहिले दर्शकले पर्दामा सजिलै देख्न पाएका छन् । हरेक चलचित्रमा ती कलाकारको खुबै डिमाण्ड छ । तर, तीनै कलाकारलाइ चलचित्र प्रमोशनको क्रममा भने देख्न मुश्किल छ ।

यस्तै थोरै कलाकारको सूचीमा पर्छन्, कामेश्वर चौरासिया । चलचित्र ‘रेशम फिलिली’ बाट एकाएक उदाएका कामेश्वर अहिलेका सर्वाधिक व्यस्त कलाकार हुन् ।
मेनुका प्रधान, वुद्धि तामाङ, कामेश्वर चौरासिया, त्यस्ता भाग्यमानी कलाकार हुन् जसलाइ चरित्र अभिनेता र अभिनेत्रीको रुपमा प्राय चलचित्रमा देख्न पाइन्छ ।

सायद, चलचित्रमा धेरै काम गर्ने भएकाले पनि कामेश्वर आफै अभिनित चलचित्रको प्रचारमा देखिदैनन् । कतिपय चलचित्रको प्रमोशनका लागि उनलाइ निर्माताले आग्रह गर्दा उनले विभिन्न खालका शर्त उभ्याएको चर्चा समय-समयमा हुने गर्दछ । उनै, कामेश्वर चलचित्र ‘फाटेको जुत्ता’को गीत रिलिजमा उपस्थित हुँदा पनि संचारकर्मी पनि अचम्ममा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment