Comments Add Comment

हामीले चुम्बन गर्दा ‘झुर’, ठूला कलाकारले गर्दा ‘हट’ ?: जरिन


सलमान खानको साथ ‘वीर’बाट बलिउडमा करिअर सुरु गरेकी नायिका जरिन खानले आफ्नो शरीरको कारण ठूलो चलचित्र पाउन नसकेको बताएकी छिन् । उनको भनाई अनुसार बलिउडमा नायिकाको ज्यान पनि एउटा मापदण्ड बन्ने गरेको छ ।

सलमान खानको साथ डेब्यु गरेपनि आफ्नो संघर्ष डेब्युपछि सुरु भएको उनको भनाई थियो । उनलाई लाग्छ उनको तौल लचित्र उद्योगमा राष्ट्रिय मुद्दा बनेको थियो । यतिसम्म कि उनले कस्तो कपडा लगाउछिन् , कुन कपडा लगाउँदा कस्तो देखिन्छिन् जस्ता प्रसंग मिडियामा आउन थालेपछि उनलाई घरवाट निस्कन समेत मुस्किल भयो । उनी भन्छिन्-‘यतिसम्म कि म कतै फोटोसुटमा गएँ भने पनि मेरो आलोचना हुन्थ्यो । मलाई डिप्रेशनको खतरा थियो तर, मैले आफुलाइ सम्हालेँ ।’

जरिनको भनाई अनुसार सलमानको चलचित्रको ‘क्यारेक्टर ढिला’ बोलको आइटम गीतले उनको करिअरलाई केही राहत दिएको थियो । केही चलचित्रबाट काम पनि पाएकी थिइन् । तर, शारीरिक मापदण्ड भएकै कारण ठूलो चलचित्रबाट अवसर पाइनन् ।’ आफ्नो शरीर मोटो भएकै कारण ए ग्रेडको चलचित्रमा अवसर नपाएको उनको भनाई थियो ।

‘हेट स्टोरी -३’ मा काम गरेपछि उनको करिअरमा बदलाब आएको थियो । ‘अक्सर-२’ प्रति उनी अलि आशावादी छिन् । चुम्बनको परिभाषा पनि कलाकारको हैषियत अनुसार हुन थालेकाले उनी दुःखी छिन् । ‘ठूला कलाकारले चलचित्रमा चुम्बन गरे भने हट हुन्छ हामीहरुले गर्दा ‘इराटिक’ ।’ उनको भनाई थियो ।

जसले जे भने पनि उनी आफ्नो करिअरप्रति सन्तुष्ट छिन् । तर, विवाहप्रति उनको विश्वास छैन । ‘अचेल बिहे धेरै टिकेको थाह छैन । त्यसकारण म बिहे गरेर आफ्नो करिअर भड्काउन चाहन्न ।’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment