Comments Add Comment

हाम्रो पात्रोमै कल ब्रेक तथा जुटपत्तिको मज्जा


५ असोज, काठमाडौं । लोकप्रिय एप्लिकेशन हाम्रो पात्रोले चाडवाडको यो विशेष क्षण पारेर पारीवारीक तथा मित्रवत् जमघटमा अत्यन्तै लोकप्रिय तासका दुर्इ खेलहरू कल ब्रेक तथा जुटपत्ति (Jutpatti) समेटिएको नयाँ एप्लिकेशन JutPatti & CallBreak – Hamro Cardsप्ले स्टोरबाट सार्वजनिक गरेको छ ।यो लिंक https://goo.gl/w1s2G2 मार्फत तत्काल डाउनलोड गर्न सकिनेछ ।

हरेक उमेर समुहका नेपालीकालागि कल ब्रेक तथा जुटपत्ति एउटा परिचित अनि रोमाञ्चक तासको खेल हो । स्मरण रहोस् शदियौंदेखि मानवको दिमागी कसरतको भरपर्दो माध्यमका रुपमा तास खेल रहेको छ ।

यसमा पनि कल ब्रेक खेल्न साथीलाई पर्खिरहुनपर्ने बाध्यता छैन, अनलाईन अथवा अफलार्इन जुनसुकै माध्यमबाट आफ्ना साथी या आफ्ना इष्टमित्रहरूसंग सङ्गै एउटै नेटवर्कमा (Multi Player – मल्टि प्लेयर) बसी असिमित यो खेलको मज्जा लिन सक्नुहुनेछ ।साथै अत्यन्त सरल खेल जुटपत्ति पनि उत्तिकै सरलताकासाथ एप्लिकेशनबाट खेल्न सकिनेछ ।


विभिन्न आकर्षक डिजाइनका कार्ड तथा थिमहरू छनौट गर्ने सुविधा रहेको यस एप्लिकेशनमा एउटा बेग्लै फरकपना महशुस गर्न सकिनेछ । तास खेल साथीभार्इ तथा आफन्त जमघटका बेला सदियौंदेखि खेलिंदै आइएको खेल हो र यो नितान्त मनोरञ्जनका लागि मात्र हुनुपर्दछ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment