Comments Add Comment

‘पद्यमावती’को फस्टलुक रिलिज, यसकारण चल्न सक्छ फिल्म


हिन्दी चलचित्र ‘पद्यमावती’को लोगो सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा चलचित्रको विषयमा प्रतिक्रिया सुरु भएको छ । निर्देशक सञ्जयलिला भन्साली त्यस्ता निर्देशक हुन्, जो ऐतिहासिक पृष्ठभुमीमा सफल चलचित्र बनाउने सामथ्र्य राख्छन् । दीपिका पादुकोण, रणबीर सिंह र शाहिद कपुरको अभिनयले पनि दर्शकको ध्यान तान्ने अनुमान चलचित्र पण्डितहरुले गरेका छन् । बलिउड लाइफले यो चलचित्र हिट हुनसक्ने पाँच कारण दिएको यसरी खुलाएको छ ।

१.दीपिका-रणबीरको जोडीः बलिउडमा हरेक एक दशकमा एकजोडी कलाकार चर्चाको शिखरमा पुग्छन् । अहिले दीपिका पादुकोण र रणबीर सिंहको जोडी चर्चित जोडीको रुपमा चिनिन्छ । यहि जोडीले अभिनय गरेको ‘बाजिराओ मस्तानी’ र ‘रामलीला’ चर्चित भएको थियो । ‘पद्यमावती’का विषयमा पनि दर्शकले त्यहि अनुमान गरेका छन् ।

२. शाहीद र रणबीर पहिलो पटकः शाहीद कपुर र रणबीर सिंह पहिलो पटक एकै चलचित्रमा देखिदैछन् । यी दुबै अभिनयमा पोख्त कलाकार मानिन्छन् । यी अभिनेतालाई दर्शकले विश्वास गर्ने गरेका छन् । राम्रो विषयको चलचित्रमा चुस्त अभिनय गर्ने सामथ्र्य राख्छन् ।

३. सञ्जयलीला भन्सालीको निर्देशनः ऐतिहासिक चलचित्र निर्माणमा पोख्त मानिन्छन् निर्देशक भन्साली । उनले निर्देशन गरेको ‘देवदास’देखि ‘बाजिराओ मस्तानी’सम्मलाई दर्शकले मन पराएका थिए ।

४. विवादः चलचित्रको बारेमा अहिलेसम्म जति विवाद भएको छ त्यसले आम दर्शकको फिल्मप्रतिको उत्सुकता बढेको छ । सुटिङको वेला राजपुत करणी सेनाले चलचित्रको सेटमै आगो लगाएको थियो । त्यसकारण पनि चलचित्रको कथा कस्तो छ दर्शकले जान्न चाहेका छन् ।

यसअघि निर्देशक भन्सालीका दुई चलचित्र हिट भएकाले ‘पद्यमावती’ पनि हिट हुने अनुमान चलचित्रकर्मीले गरेका छन् । निर्देशक भन्सालीको कथावाचन शैलिदेखि खिच्ने स्टाइलले पनि दर्शकलाई प्रभाव पार्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment