Comments Add Comment

मलेसियामा संविधान दिवस मनाइयो,दातो आर थम्विपिलेलाई सम्मान

२१ सेप्टेम्बर, मलेसिया । नेपाली दुतावास मलेसियाले बुधबार साँस्कृतिक कार्यक्रमसहित संविधान दिवस मनाएको छ ।

मलेसियाको तर्फबाट स्वास्थ उपमन्त्री दातो डा.हिलमि विन याहायोलेको प्रमुख अतिथ्यतामा दिवस मनाइएको हो ।

कार्यक्रममा वोल्दै मलेसियाका लागि नेपाली राजदुत डा. निरन्जन मानसिं वस्न्यातले नेपालको नयाँ संविधान जारी भएको दुई वर्ष पुगेको अवसरमा नेपालीहरुको थप प्रगति समृद्धि तथा उज्यालो भविश्यको कामना गरेका थिए ।

नेपालका संविधान कार्यान्वयन तर्फ अगाडि बढिरहेको बताउँदै स्थानीय तहको निर्वाचन सफलता पूर्वक सम्पन्न भैसकेको र अन्य दुई तहको निर्वाचनको मिति पनि तय भैसकेकोले देश अव राजनीतिक स्थायित्व एवंम आर्थिक समृद्धिको युगमा प्रवेश गरिसकेको धारणा राख्दै मलेसियाली लगानीकर्ता एव ब्यवसायिहरुलाई आग्रह गरेका थिए ।

उनले नेपाल र मलेसियाको द्धिपक्षीय सम्वन्ध दिनानुदिन प्रगाढ हुँदै गइरहेको चर्चा गर्दै यो सम्वन्ध जनस्तरमा समेत विस्तार गर्नमा ठूलो सख्यामा मलेसियामा कार्यरत नेपाली श्रमिकहरुले महत्वपूर्ण योगदान रहेको चर्चा गरेका थिए ।

राजदुत वस्न्यातले मलेसियाली नरेशको ब्यक्तिगत सुस्वास्थ तथा मलेसिया सरकार र जनताको सुख समृद्धिको एवं प्रगतिको कामना गरेका थिए ।

सोही समारोहमा मलेसियाको इतिहासको विभिन्न कालखण्डमा सहादत प्राप्त गरेका नेपाली गोर्खा सैनिकहरुको संझनामा चिरस्थायि तुल्याउन गोर्खा स्मारक निमार्ण गरी पुर्‍याएको योगदानको सम्मान स्वरुप दातो आर थम्विपिलेलाई डा वस्न्यातले प्रशशां पत्रसहित सम्मान गरेका थिए ।

समारोहका मलेसिया सरकारका उच्च पदस्थ अधिकारीहरु, मलेसियास्थित विभिन्न मुलुकका राजदुतहरु तथा कुटनितिक निकायका पदाधिकारीहरु,एनआरए मलेसियाका पदाधिकारीहरु, मलेसियामा रहेका नेपाली समुदायहरु,ब्यवसायिहरु,तथा विभिन्न संघसंस्थ्ााका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

समारोहमा हिमाल पहाड तथा तराईका सास्कृतिक नाँचहरु तथा नेपालको पर्यटकीय सौन्दर्य झल्कने श्रब्य दृश्य सामाग्रिहरुको पस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment