Comments Add Comment

सप्तरीको बेल्ही चपेनामा कांग्रेस विजयी

५ असोज, सप्तरी । सप्तरीको बेल्ही चपेना गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका परमानन्द यादवले ३५४५ मत पाएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका ओमप्रकाश मण्डलले ३४२४ मत पाए । उनी १२१ मतले पराजित भएका हुन् ।

उपाध्यक्षमा भने कांग्रेसले शानदार जित हासिल गर्‍यो । पुष्पादेवी मण्डल ३४५५ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्दी एमालेकी चन्दि्रका देवीले २१४७ मतमात्र ल्याइन् ।

सप्तरीमा कांग्रेसको यो दोस्रो जित हो भने समग्रमा सातौं हो । सप्तरीको विष्णुपुरसहित धनुषाको औरही र जनकनन्दिनी, सिरहाको नवराजपुर, सर्लाहीको धनकौल, रौतहटको परोहा र बाराको करैयामाईमा कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment