Comments Add Comment

‘ऐश्वर्य’का लागि रमेश र प्रशान्तको लडार्इ, ट्रेलरमा खुल्यो केकीको भूमिका


चलचित्रको क्यानभास आकर्षक भयो भने पनि त्यसले दर्शकको मन जित्छ । कात्तिक ९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ऐश्वर्य’को ट्रेलरमा त्यस्तै क्यानभास देखिएको छ ।

काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा चलचित्रको ट्रेलर सार्वजनिक गरियो । चलचित्रको ट्रेलरमा बल्ल नायिका केकी अधिकारीलाइ निर्माणपक्षले देखाएको छ । यसअगाडि नायिका अधिकारीलाइ लुकाइएको थियो । चलचित्रमा नायक रमेश उप्रेती र खलपात्र प्रशान्त ताम्राकारविच ‘ऐश्वर्य’का लागि लडाइ देखिएको छ । नायिका केकी अधिकारीको भूमिकाले चलचित्रमा विशेष अर्थ राख्ने देखिएको छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रको ट्रेलरले नै यसको उच्च मेकिङलाइ देखाएको छ । चलचित्रमा समावेश ‘तिमी रोएको पल तिमीलाइ’ बोलको गीत चर्चित भैसकेको छ ।

अर्जुन पोखरेलको संगीत, सुदिप बरालको छायांकन, दिर्घ खड्काको सम्पादन रहेको चलचित्रलाइ किरन राना उप्रेती र अर्जुन श्रेष्ठले निर्माण गरेका हुन् । निर्मल शर्मा चलचित्रका कार्यकारी निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment