Comments Add Comment

एनआरएन एसिया संयोजकमा मलेसियाबाट भवानी शंकर उम्मेदवार

मलेसिया । गैर आवासीय नेपाली संघको एसिया संयोजकमा मलेसियाबाट भवानीशंकर तिवारीले उम्मेदवारी घोषणा गरेका छन् । क्वालालम्पुरमा एक कार्यक्रम आयोजना गरी उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

एशिया प्रशान्त क्षेत्रमा रहेका सबै एनआरएनहरुलाई समेटेर सहकार्य गर्दै अगाडि बढाउनको लागि आफूले उम्मेदवारी दिन लागेको तिवारीले बताए । सामूहिक लगानी तथा वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन पहल गर्दै कल्याणकारी कोषलाई अझ मजबुत बनाउने अभियानलाई निरन्तरता दिन आफूले उम्मेदवारी दिन लागेको उनले बताए ।

लाखौं नेपालीहरु विदेशमा छन् अझ त्यसमाथि करीब सात लाख नेपालीहरु रहेको मलेसियाले एनआरएनको अभियानको १५ वर्षसम्म पनि अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यकारी पद नदिनु लज्जास्पद भएको भन्दै उनले भने, ‘आठौं विश्व सम्मेलनबाट म संयोजक लिन तयार रहेको छु ।’

लामो समयदेखि मलेसियामा ब्यवसाय गर्दै आएका तिवारी मलेसियाको दुई कार्यकाल कार्यकारी सदस्य र दुई कार्याकाल उपाध्यक्ष तथा २०१३-२०१५ मा अन्तर्राष्ट्रिय समन्वय समितिको सदस्य रहेर काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment