Comments Add Comment

रियलमा दीपिकालार्इ कस्तो केटा मनपर्छ ?


माहोल थियो, चलचित्र ‘ऐश्वर्य’को ट्रेलर सार्वजनिकको । नव-नायिका दीपिका प्रसाइ बोल्ड अवतारमा कार्यक्रममा पुगेकी थिइन् । चलचित्रको ट्रेलरमा उनका लागि रमेश उप्रेती र प्रशान्त ताम्राकारविच टक्कर परेको देखाइएको छ ।

कार्यक्रममा पत्रकारले दीपिकालाइ प्रश्न सोधे, तपाइलाइ रियल लाइफमा चलचित्रको पर्दामा देखिएका रमेश र प्रशान्तमध्ये, कस्तो स्वभावको केटा मनपर्छ ?
दीपिका केही समय हाँसिन् । उनले भनिन्-‘मलाइ दुइ जनाकै स्वभाव मिक्स भएको केटा मनपर्छ ।’ उनले थपिन्-‘त्यस्तो केटा समय आएपछि फेला पर्लान् नि होइन ।’

चलचित्रमा बोल्ड अवतारमा देखिएकी नायिका केही लजाइन् । उनलाइ आफूले चाहेको यूवाको विशेषता बताउन गाह्रो परिरहेको थियो । नायिका केकी अधिकारी विरामी भएको भन्दै कार्यक्रममा नपुग्दा दीपिकाले लाइमलाइट बटुल्न सफल भइन् । तर, कस्तो यूवा मनपर्ने हो भनेर उनले खुलस्त भन्न भने सकिनन् ।

कात्तिक ९ गतेबाट रिलिज हुन लागेको चलचित्रबाट दीपिका आशावादी देखिएकी छिन् ।

तस्वीर: कमल प्रसाइ

‘ऐश्वर्य’का लागि रमेश र प्रशान्तको लडाइ, ट्रेलरमा खुल्यो केकीको भूमिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment