Comments Add Comment

कुटी रिसोर्टको “सिजन अफ स्माइल” प्याकेज

 

५ असोज , काठमाडौं । पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्टले चाडवाडको मौसमलाई लक्षित गर्दै नयाँ प्याकेज “सिजन अफ स्माइल” ल्याएको छ । १ अक्टोबरबाट ३० नोभेम्बरसम्म उपलब्ध हुने यो प्याकेज नेपाली तथा विदेशी दुवै पर्यटकलाई लक्षित गरेर ल्याइएको हो ।

दुई व्यक्तिले साझेदारी गर्दा यो प्याकेजको दर प्रति व्यक्ति ३ हजार रुपैयाँमात्र पर्न आउँछ । एउटा रुममा एक जना मात्र बसेमा भने ४५ सय पर्छ । प्याकेजमा डिलक्स रुमका साथ प्रत्येक दिन बफेट, ब्रेकफास्ट र डिनर प्याकेज पनि समावेश गरिएको छ । यो प्याकेज लिएपछि रिसोर्टमा उपलब्ध स्विमिङ पुल, सौना, वाइफाइलगायतका सुविधा निःशुल्क पाइन्छ । प्याकेजअन्तर्गत नै रिसोर्टले अतिथिको आगमनमा निःशुल्क फलफूल बास्केट र वेलकम ड्रिङ्क पनि दिन्छ ।

यो प्याकेज हाल सबैभन्दा उपयुक्त प्याकेज भएको कम्पनीको दाबी छ । ब्रान्ड न्यू भएकाले रिसोर्टको वातावरण लोभलाग्दो छ र रिसोर्टले ल्याएको यो प्याकेज सबैभन्दा उत्कृष्ट प्याकेज हो । ५० भन्दा बढी डिलक्स रुम भएको रिसोर्टमा आउने ग्राहकको ध्यानलाई मध्यनजर गर्दै स्विमिङ पुल, स्पा, कफी सप, रेष्टुरेन्ट र मिटिङ हल पनि उपलब्ध छ ।

फेवा ताल नजिकै अवस्थित रिसोर्टबाट साँझमा फेवा ताल अत्यन्त मनमोहक देखिन्छ । त्यस्तै, हिमालहरु पनि सहजै देख्न सकिने यो रिसोर्टमा कर्पोरेट इभेन्ट, पार्टी, बिजनेस मिटिङलगायतका अन्य सुविधाका लागि विशेष हलहरु पनि उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment