Comments Add Comment

पोखरामा हेमन्त विवशका कविता

पोखरा । अलिमियाँ लोकवाङ्मय प्रतिष्ठानको आयोजनामा बिहीबार पोखरामा भएको एकल कविता वाचनमा सुदूरपश्चिमका कवि हेमन्त विवशले कविता सुनाएका छन् । छन्द र गद्य कविताबाट उनले पोखरेलीलाई मन्त्रमुग्ध बनाए ।

पार्दीस्थित नेपाल पर्यटन बोर्डको हलमा प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले सारंगी उपहार दिएसँगै सुरु भएको एकल वाचनमा विवशले २२ वटा कविता सुनाए । बीचमा पोखरेली कविहरु अमृत सुवेदी र विर्सना बस्नेतले उनका एक-एक कविता वाचन गरेका थिए ।

डोटीमा जन्मे हुर्केर कवितामा आवाज विहीनहरुको आवाज पस्किँदै आएका विवशका कवितामा सुदूरपश्चिमका दुःखका पहाडको बेजोड चित्रण गरिएको छ । करिब डेढ घन्टासम्म पोखरेलीले स्वाद मानेर उनका कविता सुने ।

कार्यक्रममा कविहरु प्रकट पंगेनी शिव, पद्मराज ढकाल, गायिका हरिदेवी कोइराला, पत्रकार अमृत भादगाउँले लगायतले उनका कविताको तारिफ गरेका थिए ।

विवशको यो पहिलो एकल कविता वाचन हो ।

लामो समदयदेखि काव्य सिर्जना र साँस्कृतिक अन्वेषणमा लागेस्वरुप प्रतिष्ठानले कवि विवशलाई कार्यक्रमको सुरुमै कदर पत्र प्रदान गरेको थियो । प्रमुख अतिथि शिक्षाविद् जोर्ज जोनको हातबाट उनलाई कदर पत्र दिइयो ।

प्रतिष्ठानको एकल वाचन गर्ने होस्टेमा नेपाल पर्यटन बोर्ड, रैका टुर्स एण्ड ट्रेक्स, भिटोफ पोखरा, गजल सन्ध्या पोखरा, कन्सेप्ट नेपाल र सुदूरपश्चिमेली विकास समाजले हैंसे गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment