Comments Add Comment

मतगणनामा सत्तापक्षले अवाञ्छित गतिविधि गरेको एमालेको आरोप

एमाले नेताहरुको बैठक । फाइल तस्वीर

५ असोज, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रदेश २ का स्थानीय तहको मतगणनाका क्रममा राज्य पक्षबाट अवाञ्छित गतिविधि भइरहेको आरोप लगाएको छ ।

बिहीबार साँझ बसेको स्थायी कमिटी बैठकमा नेताहरुले एमालेले जित्ने निश्चित भएका ठाउँमा गणना रोक्ने र घोषणा हुन नदिने क्रियाकलाप भएको बताए ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले सचिव प्रदीप ज्ञवालीले मतगणना भइरहेका ठाउँमा कर्मचारी र सुरक्षाकर्मी हेरफेर गर्ने र मत नै तलमाथि गर्ने काम भएको बताए ।

उनले राज्य संयन्त्रको दुरुपयोग निर्वाचनदेखि मतगणनासम्म जारी रहेको बताए । ज्ञवालीले भने- कर्मचारी हेरफेर गर्ने, मतपत्र च्यात्न प्रयत्न गर्ने, एमालेले जितेका ठाउँमा परिणाम घोषणा गर्न नदिने जस्ता उद्दण्ड व्यवहार देखिएका छन् । यस्ता गतिविधि तत्काल अन्त्य हुनुपर्छ ।’

एमालेले सिरहाको लहान, महोत्तरीको पिपरा, बाराको कोल्हबी, आदर्श कोतवाल, पर्साको सखुवा प्रसौनी लगायतका स्थानीय तहमा नियोजित रुपमा अवान्छित गतिविधि भएको बताएको छ ।

वीरगन्ज महानगरपालिकामा मुख्य निर्वाचन अधिकृतकै मिलेमतोमा ५० मत गायब पारिएको प्रकरण सार्वजनिक भएपछि राज्य संयन्त्र दुरुपयोग भएको देखिएको एमालेको आरोप छ ।

एमाले बैठकमा निर्वाचनको समिक्षा र शुक्रबारदेखि शुरु हुने केन्द्रीय कमिटी बैठकको कार्यसूचीमा छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment