Comments Add Comment

हिमालयन शेर्पा दूधे गोल्डकपको सेमिफाइनलमा

५ असोज, झापा । झापाको शिवसताक्षी नगरपालिकामा जारी दूधे गोल्डकप फुटबलमा घरेलु टोली रमपम झापा-११ लाई हराउँदै हिमालयन शेर्पा क्लव सेमिफाइनलमा पुगेको छ ।

उसले झापालाई टाइब्रेकरमा ३-२ गोल अन्तरले हराएको हो ।

खेल अवधिभर १-१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा झापाका खेलाडी योगेश गुरुङ, पुजन उपरकोटी र बुद्ध चेम्जोङको प्रहार बाहिरिएको थियो ।

हिमालय शेर्पाको लागि विजय श्रेष्ठ, दिवस उराउ र बिके लामाले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

यसअघि झापाका लागि खेलको १५ औं मिनेटमा क्याप्टेन योगेश गुरुङले पहिलो गोल गरेका थिए । उनले डि-बक्स एरिया नजिकबाट गरेको प्रहार हिमालयन शेर्पाका गोल रक्षक भिमशेन दुराले अनुमानै लगाउन सकेनन् ।

हिमालयन शेर्पाका विजय श्रेष्ठले दोस्रो हाफको ७ औं मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्‍याएका थिए । बिके लामाको पासलाई सदुपयोग गर्दै उनले वान-टच गोल लगाए ।

निक्कै प्रतिष्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने थुप्रै अवसरहरु गुमाएका थिए ।

खेलको ९ औं मिनेटमा हिमालयन शेर्पाका खेलाडी दिवस उराउले डि-बक्स एरिया नजिकबाट गरेको शसक्त प्रहारलाई झापाका गोल रक्षक किशोर गिरीले पञ्च गर्दै उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको १४औं मिनेटमा झापाका योगेश गुरुङले डि-बक्स एरिया नजिकैबाट गरेको प्रहार बाहिरिँदा झापाले अग्रतालाई दोब्बर बनाउने मौका गुमाएको थियो ।

खेलको ३५ औं मिनेटमा हिमालयन शेर्पाका विके लामाले पेनाल्टी एरियाबाट गरेको प्रहार झापाका गोल रक्षकले बचाएका थिए । खेलमा निशान राई र कर्ण लिम्बूको तालमेल नमिल्दा झापाले गोल गर्ने थुप्रै अवसरहरु गुमाएको थियो ।

खेलमा हिमालयन शेर्पाका विजय श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले नगद ५ हजार पाए ।
शुक्रबार त्रिभुवन आर्मी क्लब र मोरङ-११ बीच प्रतिष्पर्धा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment