Comments Add Comment

सरकारको चाबी माओवादीसँग छः प्रचण्ड

५ असोज, कपिलवस्तु । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारको चाबी आफूसँग रहेको बताएका छन् । कपिलवस्तुको कृष्णनगरमा बिहीबार आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य पनि माअोवादी केन्द्रकै हातमा रहेको बताए ।

माओवादी केन्द्रको लामो समयको संघर्षले संविधानसभाबाट संविधान प्राप्त भएको भन्दै उनले त्यसको कार्यान्वयनमा पनि आफूहरुले नै सबैभन्दा धेरै भूमिका खेलेको बताए । प्रचण्डले माओवादी केन्द्रले नै महिला, दलित, मजदुर, मधेसी समुदायहरुलाई नेता बनाई सिंहदरवारको अधिकार गाउँ-गाउँमा पुर्‍याएको बताए ।

स्थानीय चुनावलाई बिथोल्न केही शक्ति लागिपरेको भएपनि त्यसलाई असफल पारेर शान्तिपूर्ण तरिकाले चुनाव सम्पन्न गराएको प्रचण्डले बताए । प्रदेश नम्बर २ मा सम्पन्न स्थानीय चुनावमा अन्य प्रदेशभन्दा उल्लेखनीय सहभागिता रहेेको भन्दै उनले आउँदै गरेको प्रदेश र प्रतिनिधि सभा चुनावमा माओवादी केन्द्रलाई जिताउन सकेमा आर्थिक विकास र समृद्ध नेपाल बन्न कसैले रोक्न नसक्ने धारणा राखे ।

प्रचण्डले छिमेकी राष्ट्र भारत र चीनसँग सम्वन्ध सुमधुर रहेको हुँदा हुलाकी मार्ग, रेल मार्ग र नौमुरे परियोजनालाई कार्यान्वयन गरेर कपिलवस्तुलाई कृषिमा आत्मनिर्भर बनाउने विषयमा गृहकार्य भइरहेको जानकारी दिए । कपिलवस्तुको कृष्णनगर बजारलाई स्मार्ट सिटी बनाउने विषयमा शहरी विकास मन्त्रीसँग छलफल गर्ने प्रचण्डले बताए ।

सभामा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा लगायत मधेसी दल परित्याग गरेकाहरुलाई प्रचण्डले माओवादी केन्द्रमा प्रवेश गराएका छन् ।

– सनिउल्ला धोबीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment