Comments Add Comment

बेलकोटगढीमा २१३ परिवारको सामूहिक जमरा

५ असोज, नुवाकोट । घटस्थापनाको अवसरमा बेलकोटगढीमा २१३ परिवारले आज सामूहिक जमरा राखेका छन् । बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवती मन्दिरमा बडादशैंँका लागि ब्राह्मण र दलित समुदायले एकैसाथ सामूहिक जमरा राखेका हुन् ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेदेखि निरञ्जना मन्दिरमा सामूहिक जमरा राखिँदै आएकामा यस वर्ष पनि निरन्तरता दिइएको मन्दिरका पुरोहित नारायणप्रसाद पौडेलले जानकारी दिए ।

‘ब्राह्मण, क्षेत्री र दलित समुदायका परिवारले घटस्थापनाको शुभ साइतमा एकै स्थानमा जमरा राखेका छौं,’ पौडेलले भने, ‘यसको पूजाआराधना र जल पनि आलोपालो रुपमा चढाउने गरिएको छ ।’

नुवाकोटका नौ कोटमध्ये बेलकोट एक कोटका रुपमा मानिने गरिएको छ । मन्दिर पौराणिक र शक्तिपीठका रुपमा परिचित छ । बडादशैंमा काठमाडौं हनुमानढोकाको वैदिक विधिअनुसार नै यहाँ पनि पूजा गर्ने परम्परालाई निरन्तरता दिइएको छ ।

सामूहिक जमराले गाउँमा छुवाछुत प्रथाविरुद्धको सचेतना प्रचारमा सहयोग पुगेको निरन्जना मन्दिर संरक्षण समितिका अध्यक्ष कालीबहादुर तिवारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment