Comments Add Comment

भोट नदिएको भन्दै एमाले कार्यकर्ताले माओवादी कार्यकर्ता कुटे

५ असोज, महोत्तरी । स्थानीय चुनावमा भोट नदिएको भन्दै एमाले कार्यकर्ताहरुले महोत्तरीको बर्दिवास नगरपालिका ६ किसाननगरका बासिन्दालाई कुटपिट गरेका छन् । बर्दिवास नगरपालिका ६ का एमाले इन्चार्ज पशुराम ठाकुरका छोरा सञ्जय ठाकुर लगायत ४-५ जनाको समूहले रामअजोद साहको घरका सदस्यहरुलाई कुटपिट गरेका हुन् ।

कुटपिटबाट साहका ज्वाइँ बसन्त साह र गर्भवती छोरी शिलाकुमारी घाइते भएका छन् । उनीहरुको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । आफूहरु सुतिरहेको बेला बुधबार राति २ बजे घरभित्र छिरेर घरेलु हतियार बोकेको समूहले आक्रमण गरेको रामअजोद साहले बताए ।

घरमै पसेर आक्रमण भएपछि साह परिवार त्रसित छ । ८-९ महिने गर्भवती छोरी माथी आक्रमण भएपछि साह परिवार चिन्तित छ । साह माओवादी केन्द्रका कार्यकर्ता हुन् । घटनाको सम्बन्धमा प्रहरीलाई जानकारी गराइसकेको साहले जानकारी दिए ।

साहलाई निर्वाचन अघि बाटोमा भेटेर एमाले इन्चार्ज ठाकुरले भोट हाल्न आग्रह गर्दै त्यसवाफत आवश्यक खर्च आफूले दिने बताएको रामअजोदले बताए ।

यो पनि पढ्नुस् 

भोज खाएर भोट नदिएको भन्दै विवाद, झडपमा एकको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment