Comments Add Comment

बाराको आदर्शकोतवालको गणना अन्योल, सर्वदलीय बैठक निश्कर्षबिहीन

निर्वाचन अधिकृतले माफी मागेपछि कोल्हवीको गणना सुरु

५ असोज, बारा । बुधबार साँझ पाँच बजेदेखि रोकिएको बाराको आदर्श कोतवाल गाउँपालिकाको मतगणना सुरु गर्नका लागि बसेको सर्बदलीय बैठक बिना निश्कर्ष टुंगिएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले दलहरुबीच सहमती गराएर मतगणना पुनः सुरु गर्न गरेको बिहीबारको प्रयास सफल हुन सकेन ।

आदर्श कोतवालमा मतगणनामा बसेका निर्वाचन आयोगका कर्मचारीले गरेको गणना र दलका प्रतिनिधिको गणना नमिलेपछि बिबाद उत्पन्न भएको थियो ।

नेपाली कांग्रेसले सुरुदेखि नै मत गणना गर्नुपर्ने माग गरिरहको छ भने अन्य दलहरुले सोही बाँकी वडाहरुबाट गर्नुपर्ने माग राखेका छन् ।

जिल्ल्ााबाट समस्या समाधान हुन नसकेपछि निर्वाचन अधिकृत मोहन सुबेदीले निर्वाचन आयोगमा समस्या बारे जानकारी गराउने र आयोगकै निर्देशन अनुसार पुनः गणना हुने वा भइरहेकैबाट सुरु गर्ने निर्णय लिने बताए ।

८ वटा वडा मध्ये ४ वडाको टुँगोलागेपछि स्थगित भएको गणना बाँकी हुँदा गणना रोकिएको हो ।

निर्वाचन अधिकृतले माफी मागेपछि कोल्हवीको गणना सुरु

यसैगरी बुधबारै अपराहृनदेखि स्थगित भएको कोल्हवी नगरपालिकाको मतगणना निर्वाचन अधिकृतले माफी मागेपछि बिहीबार दिउँसोदेखि सुरु भएको छ ।

निर्वावान अधिकृत राजेन्द्र थापाले गणनाका शिलशिलामा आफू र कर्मचारीबाट त्रुटी भएको स्विकार गर्दै सार्वजनिक रुपमा माफी माग्नुपर्ने सहमती भएपछि गणना सुरु गरिएको हो ।

मतगणनास्थलमा खटिएका दुई कर्मचारीलाई निस्काशन गरिएको छ । सहायक मतदान अधिकृत नुमराज खनाल शर्मा र कम्प्युटर अपरेटर सञ्जय शाहलाई मतगणना स्थलबाट निस्काशन गरी मतगणना सुचारु गर्ने सहमती भएको हो ।

मतपरिणाम सार्वजनिक गर्ने क्रममा सहायक निर्वाचन अधिकृतले मत बढाएर सार्वजनिक गरेको भन्दै बाहिर मत परिणाम सुनेर बस्ने दलका नेता कार्यकर्ताले बिरोध जनाएपछि हिजोदेखि मतगणना रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment