Comments Add Comment

पर्साको बिन्दवासीनीमा फोरम नेपालका श्रीलाल साह विजयी

५ असोज, वीरगञ्ज । पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार श्रीलाल साह कानु अध्यक्षमा निर्वाचित भएका छन् ।

साहले २ हजार ६ सय ११ मत पाए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका चन्द्रकिशोर चौरसियाले २६०३ मत प्राप्त गरे । साह ८ मतको झिनो अन्तरले बिजयी भएका हुन ।

उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार किरण देवी बिजयी भएकी छन् । २९१३ मत प्राप्त गर्दै उनले निकटम प्रतिद्वन्द्वी फोरम नेपालकी उर्मिला देवीलाई ८०६ मतको ठूलो अन्तरले पराजित गरेकी हुन् ।

त्यसैगरी गाउँपालिकामा ५ वडामध्ये नेपाली कांग्रेसले २ वटा, नेकपा एमालेले २ वटा र राष्ट्रिय जनता पार्टीले एउटा वडामा जित हासिल गरेको छ । सहायक निर्वाचन अधिकृत राज कुसवाहाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment