Comments Add Comment

एनआरएन एशिया संयोजकमा भवानीशंकर तिवारीको उम्मेदवारी घोषणा

२१ सेप्टेम्बर, क्वालालम्पुर । गैरआवसीय नेपाली संघको एशिया संयोजकमा मलेसियावाट भवानी शंकर तिवारीले उम्मेदवारी घोषणा गरेका छन् ।

क्वालालम्पुरमा एक कार्यक्रम गरी उनले आफ्नो उम्मेदवारीको घोषणा गरेका हुन् ।

एशिया प्रशान्त क्षेत्रमा रहेका सवै एनआरएनहरुलाई समेटेर सहकार्यर् गर्दै अगाडि वढाउनको लागि आफुले उम्मेदवारी दिन लागेको तिवारीले वताए ।

सामुहिक लगानी तथा बैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन पहल गर्दै कल्याणकारी कोषलाई अझ मजबुत बनाउदै अभियानलाई निरन्तरता दिनको लागि पनि आफूले उम्मेदवारी दिन लागेको उनको भनाई थियो ।

लाखौं नेपालीहरु विदेशमा छन्, अझ त्यसमाथि करीव सात लाख नेपाली रहेको मलेसियाले एनआरएनको अभियानको १५ बर्षसम्म पनि अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यकारी पद नदिनु लज्जास्पद भएको भन्दै आठौं बिश्व सम्मेलनवाट आफू संयोजक लिन तयार रहेको उनको भनाई थियो ।

लामो समयदेखि मलेसियामा व्यवसाय गर्दै आएकातिवारी मलेसियाको दुई कार्यकाल कार्यकारी सदस्य र दुई कार्याकाल उपाध्यक्ष तथा २०१३ – २०१५ सम्म अन्तर्राष्ट्रिय समन्वय समितिको सदस्य रहेर काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment