Comments Add Comment

१३६ मध्ये ३६ स्थानीय तहको परिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूची सहित)

५ असोज, काठमाडौं । असोज २ गते मतदान भएका प्रदेश नम्बर २ का १३६ स्थानीय तहमध्ये विहीवार राति ११ बजेसम्म ३६ स्थानको परिणाम सार्वजनिक भएको छ ।

अब एक सय स्थानको परिणाम आउन बाँकी छ । ३६ मध्ये एक तिहाई ११ स्थानीय तहमा जित हासिल गरेर कांग्रेस पहिलो स्थानमा छ ।

कांग्रेसपछि ७ स्थानीय तह जितेर राजपा दोस्रो स्थानमा छ ।

पहिलो र दोस्रो चरणमा ६ मध्ये ५ प्रदेशमा ठूलो दल बनेको नेकपा एमालेलाई २ नम्बर प्रदेशमा भने प्रारम्भिक मतपरिणामले तेस्रो स्थानमा पुर्‍याएको छ ।

पाँच पाँच स्थानीय तह जितेर एमाले, माओवादी र संघीय समाजवादी फोरम तेस्रो स्थानमा छन् ।

बिजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले २ स्थानीय तह जितेको छ भने नेपाली जनता दलले एक स्थानीय जितेको छ ।

दलहरुको विवादका कारण बाराका दुई,महोत्तरीका दुई र रौतहटको एक स्थानीय तहमा मतगणना अवरुद्ध भएको छ । गणना भइरहेका स्थानीय तहमध्ये अधिकांशमा कांग्रेसले नै अग्रता लिएको छ ।

नेपाली कांग्रेसले जितेका स्थानीय तह

१. भूवनेश्वर धामी, करैयामाई गाउँपालिका, बारा
२. बद्रीनारायण मण्डल, धनौजी गाउँपालिका, धनुषा
३. अब्दुल वारिक शेष, जनकनन्दिनी गाउँपालिका, धनुषा
४. ब्रहृमदेव यादव, औरही गाउँपालिका, धनुषा
५. कृष्णप्रसाद बर्मा, रामनगर गाउँपालिका, सर्लाही
६. आमआश्रे साह, धनकौल गाउँपालिका, सर्लाही
७. परमानन्द यादव, बेल्हीचपेना गाउँपालिका, सप्तरी
८. निलाम्बर यादव, बिष्णुपुर गाउँपालिका, सप्तरी
९. शेष वकिल, परोहा नगरपालिका, रौतहट
१०. विश्वमोहन यादव, नवराजपुर गाउँपालिका, सिरहा
११. शियाराम राय, हरिपूर्वा नगरपालिका

राजपाले जितेका स्थानीय तह

१. सुनीलकुमार राय, महोत्तरी गाउँपालिका, महोत्तरी
२. रामप्रसाद राय, कौडेना गाउँपालिका, सर्लाही
३. बिनोद सिंह, ब्रहृमपुरी गाउँपालिका, सर्लाही
४. शिवनारायण मण्डल, डाक्नेश्वरी नगरपालिका, सप्तरी
५. हरेराम यादव, रुपनी गाउँपालिका, सप्तरी
६. चन्दन सिंह, देवताल गाउँपालिका, बारा
७. रामज्ञान मण्डल, हंशपुर नगरपालिका, धनुषा

एमालेले जितेका स्थानीय तह

१. मनोजकुमार यादव, ममुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषा
२. हरिनारायण चौधरी, पटेर्वा सुगौली गाउँपालिका, पर्सा
३. डम्बर बहादुर राउत क्षेत्री, बाटेश्वर गाउँपालिका, धनुषा
४. उत्तमकुमार गौतम, सप्तकोशी नगरपालिका, सप्तरी
५. रामशरण यादव, नरहा गाउँपालिका, सिरहा

माअोवादी केन्द्रले जितेका स्थानीय तह

१. सिद्धार्थ यादव, औरही गाउँपालिका, सिरहा
२. अशोककुमार यादव, अर्नमा गाउँपालिका, सिरहा
३. गंगा पासवान, कर्जन्हा नगरपालिका, सिरहा
४. रिनाकुमारी साह, मौलापुर नगरपालिका, रौतहट
५. पदमलाल श्रेष्ठ, ठोरी गाउँपालिका, पर्सा

 

संघीय समाजवादी फोरमले जितेका स्थानीय तह

१. श्रीलाल साह कानु, बिन्दबासिनी गाउँपालिका, पर्सा
२. राजकुमार यादव, सोनमा गाउँपालिका, महोत्तरी
३. किशुन देव राय, पर्सा गाउँपालिका, सर्लाही
४. बेचनप्रसाद यादव, भगवानपुर गाउँपालिका, सिरहा
५. जागेश्वर यादव, बिष्णुपुर गाउँपालिका, सिरहा

फोरम लोकतान्त्रिकले जितेका स्थानीय तह

१. सन्तोष कुमार मेहता, ईशनाथ नगरपालिका, रौतहट
२. जवाहरलाल यादव, बिष्णु गाउँपालिका, सर्लाही

नेपाली जनता दलले जितेको स्थानीय तह

१ नथुनी कुशवाह, कालिका गाउँपालिका, पर्सा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment