Comments Add Comment

स्थानीय तहका लागि ५ सय गाडी किन्ने सरकारी तयारी

करिब ३० करोड कमिसनमा गच्छदारको आँखा

मेयर विद्यासुन्दर शाक्यले हाल चढ्दै आएको गाडी ।

६ असोज, काठमाडौं । स्थानीय विकास मन्त्रालयले सडक सञ्जालमा जोडिएका सबै स्थानीय तहका लागि एकैपटक गाडी किन्ने गृहकार्य अघि बढाएको छ । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारको दबाबमा गरिएको यस्तो तयारीमा करोडौं कमिसनको खेल रेहेको स्रोतको दाबी छ ।

मन्त्रालयको गृहकार्यअनुसार केन्द्रबाट एकैपटक करिब ५ सय गाडी किनिनेछन् । सहसचिव सुरेशराज अधिकारीको नेतृत्वको कार्यदलले त्यसमा गृहकार्य गरिरहेको छ । कार्यदलले अहिले सडक सञ्जालसँग जोडिएका सबै स्थानीय तह र ती तहसँग भएका सवारीसाधनको विवरण संकलन गरिरहेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री विजय गच्छदारको रुचिमा मन्त्रालयले गृहकार्य थालेको हो । सबै स्थानीय तहका लागि केन्द्रबाट एकमुष्ट गाडी किन्दा आउने करोडौं कमिसनमा उनले आँखा लगाएको स्रोत बताउँछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment