Comments Add Comment

चिनियाँ जहाजका ६० प्रतिशत सिट खाली

फाइल फोटो

६ असोज, काठमाडौं । नेपाल वायुसेवा निगमले उडान गरिरहेको चिनियाँ जहाजले क्षमताको ४० प्रतिशत मात्रे यात्रुलाई सेवा दिएको पाइएको छ । निगमले उडान भर्दै आएको एमए–६० प्रतिशतभन्दा र वाई १२ ई दुवैले क्षमताको ६० प्रतिशतभन्दा बढी सिट खाली उडाउनु परेको छ ।

गत आर्थिक वर्षको तथ्यांकअनुसार एमए–६० ले १ हजार २ सय ८१ उडान गर्दे ३६ हजार ४ सय ७५ यात्रुलाई मात्रै सेवा दिएको छ । यो कुल सिट क्षमताको ६५ प्रतिशत खाली हो ।

यस्तै वाई–१२ ई मा भने यसभन्दा केही बढी नै अकुपेन्सी देखिएको छ । यो जहाज ५४ प्रतिशत खाली उडेको तथ्यांक छ । गत आर्थिक वर्षमा वाई १२ ई ले ६ सय ६१ उडानमार्फत ४ हजार ६ सय ४४ यात्रुलाई सेवा दिएको छ । खासगरी दुर्गम क्षेत्रमा उडान गर्ने भने पनि हालसम्म पनि वाई १२ सुगम क्षेत्रमै उडान गरिरहेको आजको कारोबार दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment