Comments Add Comment

घर फर्कंदै २५ लाख

६ असोज, काठमाडौं । यात्रुबाहक बस, मिनिबस र माईक्रोबसको लाम लागेको थियो । झिटीगुन्टा बोकेर हतारिँदैआउने यात्रुको भीड लागेको थियो । ओखलढुंगा, ओखलढुंगा, रामेछाप, सोलुखुम्बु, खोटाङ भन्दै यात्रु बोलाउन ब्यस्त थिए, सञ्चालकहरु ।

अचेल काठमाडौंको चावाहिलमा हरेक दिन देखिने दृश्य हो यो । अरुबेला दैनिक पाँचदेखि सातवटा बस छुट्ने चावाहिलबाट अहिले पुर्वी पहाडका लागि ३० भन्दा बढी बस छुट्छन् । तिनमा पनि खचाखच हुन्छन् घर फर्कने यात्रु ।

चाबहिलबाट मात्र होइन, अचेल नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, बल्खु, कलंकीलगायत सथानमा पनि हरेक दिन यस्तै दृश्य देखिन्छ । उपत्यकाबाट बाहिरिनुको कारण हो, दशैं । दशै मनाउन काठमाडौंबाट बाहिरिने बढ्दै जाँदा उपत्यकामा पनि भीडभाड घट्न थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्ला वर्ष दशैंताका झन्डै २५ लाख मान्छे उपत्यकाबाट बाहिरिने गर्छन् । आजको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment