Comments Add Comment

धनुषामा कांग्रेसको चौथो जित, क्षिरेश्वरनाथमा पजियार निर्वाचित

६ असोज, धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा कांग्रेसले जित हासिल गरेको छ । योसँगै धनुषामा कांग्रेसको चौथो जित हो ।

नेपाली कांग्रेसका योगेन्द्र पजियार मेयर पदमा निर्वाचित भएका छन् । उनले ५८९९ मत पाए । उपमेयरमा पनि कांग्रेसकै रचना श्रेष्ठ ५६९८ मतसहित निर्वाचित भइन् ।

क्षिरेश्वरमा संघीय समाजवादी फोरमका उम्मेदवार सुखदेव यादवले ३००५ मत पाए । उम्मेदवार नभए पनि उपमेयरमा फोरमले १३३३ मत पायो ।

त्यस्तै एमालेले मेयरमा २५९२ र उपमेयरमा ३२८४ मत पायो भने राजपाले मेयरमा १८४५ र उपमेयरमा २४०४ मत पायो । निक्कै कमजोर देखिएको माओवादी केन्द्रले मेयरमा २२६ र उपमेयरमा ५६९ मत पायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment