Comments Add Comment

रौतहटका ३ स्थानीय तहको परिणाम सार्वजनिक

कांग्रेस, माओवादी र फोरम १–१ स्थानमा विजयी

६ असोज, काठमाडौं । रौतहटको तीन स्थानीय तह कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरमले बाँडेका छन् । जिल्लाको गढीमाईमा कांग्रेस, यमुनामाइमा माओवादी केन्द्र र देवाही गोनाही नगरपालिकामा संघीय समाजवादी फोरमले जित निकालेको हो ।

गढीमाई नगरपालिकामा कांग्रेसका श्यामप्रसाद यादव विजयी भएका छन् । उनको मत ५४५७ छ । त्यस्तै उपमेयरमा पनि कांग्रेसकै समुद्रा गुप्ता ५५५१ मत ल्याएर विजयी भएकी छन् ।

यमुनामाईमा माओवादी केन्द्रको जित भएको छ । अध्यक्षमा श्रीप्रसाद मुखिया विन र उपमेयरमा गीता देवी साह विजयी भएका हुन् । श्रीप्रसादले २१७९ र साहले २५१४ मत पाए ।

रौतहटको देवाही गोनाही नगरपालिकाको मेयर संघीय समाजवादी फोरमको पोल्टामा परेको छ । फोरमका धर्मेन्द्र पट्टेल ३२५५ मत ल्याएर त्यहाँ विजयी भएका हुन् ।

उपमेयरमा भने माओवादी केन्द्रको पल्लाभारी भएको छ । माओवादी केन्द्रकी परनिया देवीले २१२९ मत ल्याएर यहाँ जित दर्ता गराएकी हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment