Comments Add Comment

१ वर्षपछि एमाले केन्द्रीय समिति बैठक बस्दै

चुनाव र समसमायिक राजनीतिक विषय मुख्य एजेन्डा


६ असोज, काठमाडौं । एक वर्षदेखि बस्न नसकेको नेकपा एमालेको केन्द्रीय समिति  बैठक आजदेखि राजधानीमा सुरु हुने भएको छ । १२ असोज ०७३ मा एमाले केन्द्रीय समिति बैठक बसे पनि त्यसयता बैठक बस्न सकेको थिएन ।

शुक्रबार बिहान ११ बजे पार्टी मुख्यालय धुमबाराहीमा  बैठक शुरु हुने एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

तीनदिनसम्म चल्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा, प्रदेश र केन्द्रीय निर्वाचन र समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुनेछ ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ ।

केन्द्रीय कार्यालयका सचिव श्रेष्ठले बैठक केन्द्र र प्रदेश निर्वाचनमा केन्द्रित हुने जानकारी दिँदै दुवै निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्डसमेत यसले बनाउने बताए ।

एमाले केन्द्रीय कमिटी बैठक १ वर्षदेखि बस्न सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment