६ असोज,सिरहा । सिरहाको सखुवा नन्कारकट्टी गाँउपालिकामा एमाले बिजयी भएको छ ।
शुक्रबार विहान घोषित परिणाम अनुसार गाउँपालिकाका अध्यक्षमा केदारनाथ यादव ३१५५ मत ल्याएर बिजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्दी संघीय समाजवादी फोरम नेपालका रामनारायण यादवले २२६७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्षमा पनि एमालेका अमला देबी यादव २९३७ मत प्राप्त गरी बिजयी भएकी छन् । उनका निकटतम प्रतिद्धन्दी संघीय समाजबादी फोरमकी शोभादेबी यादबले २३२८ मत प्राप्त गरेकी छन् ।