Comments Add Comment

सप्तरीमा संघीय फोरमको पहिलो जित

६ असोज, काठमाडौं । सप्तरीको तिरूहुत गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी भएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा फोरमका उम्मेदवार विजयी भएका हुन् ।

अध्यक्षमा हेमन्त यादव २९४२ मत र उपाध्यक्षमा तीर्थमाया मंडल २७४० मतका साथ विजयी भएका छन् ।

अध्यक्षका निकटतम प्रतिस्पर्धी राजपाका विजय यादवले २१०४ मत पाए भने उपाध्यक्षमा विजयी राजपाकै रेखा मेहताले १६०१ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment