Comments Add Comment

मोरङको केराबारी र बिराटचोकमा सप्तकोशीको शाखा


६ असोज, काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले मोरङ जिल्लाको केराबारी तथा बिराटचोकमा बिहीबारबाट २ वटा शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । उक्त कार्यालयहरूको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरेका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै शिवाकोटीले केन्द्रीय बैंकले वित्तीय संस्थाहरूलाई बैकिङ सेवा नपुगेका तर सम्भावना भएका ग्रामीण तथा शहरोन्मुख क्षेत्रहरू शाखा कार्यालय विस्तार गर्न प्रोत्साह गरिरहेको बताए ।

उनले सामाजिक तथा आर्थिक रूपान्तरणकालागि देशका सबै जनतासम्म बैकिङ सेवा पुग्नु अति आवश्यक भएको उल्लेख गरे ।

बैंकका अध्यक्ष तारानाथ निरौलाले ग्रामीण क्षेत्रका जनतामा छरिएर रहेका वित्तीय स्रोतहरूलाई संकलन गरी उनीहरूलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्न बैंकले प्रयास गरिरहेको बताए । योसँगै बैंकका कार्यालयहरूको संख्या १२ पुगेको छ ।
सो अवसरमा बैंकले शिक्षा क्षेत्रमा योगदान गर्नुहुने केराबारीका टेक बहादुर थपलिया तथा बिराटचोकका मेदिनी प्रसाद बराललाई सम्मान गरेको थियो । उक्त कार्यक्रममा बैंकका संस्थापक सेयरधनीहरू, बैंकिङ क्षेत्रका प्रतिनिधिहरू, स्थानिय संघ संगठन, बुद्धिजीवी, शिक्षक, पत्रकार तथा स्थानिय व्यक्तिहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment