Comments Add Comment

राैतहटको चन्द्रपुरमा ससुराबुहारी बने मेयर-उपमेयर

६ असोज, राैतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका रामचन्द्र चौधरी विजयी भएका छन् । चौधरीले ९७८० मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्न्दी नेकपा एमालेका उद्धव रेग्मीले ८८३१ मत ल्याएका छन् । चन्द्रपुर नगरपालिकामा उप-मेयरमा भने एमालेकी रामरती चौधरी विजयी भएकी छिन् । उनले ९९१६ मत ल्याएकी छिन् ।

फरकफरक पार्टीबाट विजयी भएका उप-मेयर रामरती चौधरी र मेयर राचन्द्र चौधरीकी नाताले ससुराबुहारी हुन् ।

चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसले ५ वटा वडा अध्यक्ष जितेको छ भने नेकपा एमालेले ३ वटा वडा जितेको छ । त्यस्तै माओवादी केन्द्रले २ वटा वडामा जितेको छ ।

चन्द्रपुर नगरमा माओवादी केन्द्रका युवराज भट्टराईले ७८९४ मत ल्याएर तेस्रो भएका थिए ।

नेपाली कांग्रेसबाट चन्द्रपुर नगरको मेयर बनेका रामचन्द्र चौधरी तत्कालीन सन्तपुर गाविसको अध्यक्ष समेत भइसकेका छन् । सुबलाल भागवत बहुमखी क्याम्पस सन्चालक समितिको अध्यक्ष समेत रहेका चौधरी सामजिक छविका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment